खेलाडीमा शारीरिक र मानसिक चिन्ता, फिटनेसमा नियमितता

सोमबार, २२ असार २०७७, १२ : २२ शुक्रवार
खेलाडीमा शारीरिक र मानसिक चिन्ता, फिटनेसमा नियमितता

विश्वमा अधिकांश खेलाडी त्रास, तनाव र आर्थिक पक्षका कारण यति बेला समस्यामा छन् भने केही देशमा भने खेलकुद फर्किएकाले ठूलो राहत नै मिलेको छ। कोरोना भाइरसका कारण विश्व महामारीको चपेटामा पर्दा खेलेर जीविका चलाउँदै आएका खेलाडीमा यसको असर पर्नु स्वाभाविकै हो। 

कुनै पनि खेलमा समयसापेक्ष खेलाडी उचो लयमा देखिन्छन्, तर विश्व कोरोनाका कारण आक्रान्त हुँदा नजिकिँदै गरेका प्रतियोगिताको तयारी गरिरहेका खेलाडीलाई त्रास, तनाव र आर्थिक विषयले चिन्तित बनाउने गरेको छ। धरैजसो देशका खेलाडी यति बेला घरमै सामान्य अभ्यास गरेर बस्न बाध्य छन्, जुन सामाजिक सञ्जालमार्फत बाहिरिने गरेका पनि छन्। तीन महिनाभन्दा लामो लकडाउनले विश्वस्तरीय स्टारदेखि नेपाली खेलाडीलाई आफ्नो फिटनेस जोगाइराख्न निकै कठिन भएको छ। दैनिक कडा मिहिनेत र प्रशिक्षण गर्ने खेलाडीका लागि लामो समय यत्तिकै बस्नु पक्कै पनि शारीरिक र मानसिक रूपमा कठिन हो। 

तथापि धेरैजसो खेलाडी खेलबाट टाढा रहे पनि नियमित अभ्यास गर्दै अनुशासनलाई पालना गरिरहेका छन्। उनीहरूले शारीरिक फिटनेस कुनै पनि अवस्थामा अपरिहार्य रहेको भन्दै सामाजिक सञ्जालमार्फत अभ्यास खेलाडीको पहिचान रहेको पुष्टि गरेका छन्। अस्ट्रेलियन टेनिस संघका मुख्य मेडिकल अधिकृत कारोलियन ब्रोडेरिकको भनाइअनुसार विगतका समयमा देखिएका सार्स, स्वाइन फ्लुलगायतका रोगभन्दा पनि कोरोनाले तनाव र त्रास धेरै देखिएकोले खेलाडीमा नकारात्मक असर देखिनु स्वाभाविकै हो। ‘शीर्ष र ख्याति कमाएका खेलाडीलाई त्रास, तनाव र आर्थिक विषयले सताउँदैन। सामान्य खेलाडीलाई भने यो विषय निकै कठिन हुन सक्छ। ‘केही समय खेलाडीहरू अभ्यासभन्दा टाढा रहँदा फर्किन कठिन हुन्छ,’ ब्रोडेरिकले भनेकी छिन्।
महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणभन्दा बाहिर रहेकाले नेपाललगायत धेरै देशमा अझै पनि खेलकुद गतिविधि अनिश्चित समयका लागि स्थगित भएका छन्, तथापि युरोपियन राष्ट्रलगायत केही देशले महामारी र लकडाउनकै समय खेल गतिविधि फर्काएर ठूलो चुनौती मोलिसके। एसियन राष्ट्र कोरिया र युरोपका ठूलो व्यावसायिक फुटबल जर्मनको बुन्डेसलिगा, स्पेनको लालिगा, इटालीको सिरी ‘ए’ र इङ्लिस प्रिमियर लिगजस्ता खेल सञ्चालन भइरहेका छन्। 
नेपालमा पनि गत हप्तादेखि केन्द्रीय प्रशिक्षण त्रिपुरेश्वरको कभर्डहलमा ब्याडमिन्टनको राष्ट्रिय टोलीसहितको प्रशिक्षण सुरु भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य प्रोटोकल अपनाएर नेपाली खेलाडी प्रशिक्षण गरिरहेका छन्। केही खेलाडी भने मैदान फर्किने तयारी हुँदा निकै उत्साहित छन् भने केही खेलाडी स्थिति अभैm सामान्य नहुँदा दुःखी देखिएका छन्। 

पारस खड्का (क्रिकेट)   
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लकडाउन सुरु हुने बित्तिकै के गर्ने कसो गर्ने भन्ने द्विविधा र अन्योल हुँदा पनि त्यो समयलाई अधिकतम उपयोग गरेको बताए। ब्याट र बलसँगको अभ्यास सम्भव थिएन, त्यसैले आफूलाई फिट राख्न घरमै सामान्य फिटनेस ट्रेनिङ गरेँ। खेलाडीले सकेसम्म आफ्नो फिटनेसलाई ध्यान दिनुपर्छ, अधिकांश खेलाडीको पनि सोही दैनिकी रह्यो। किनकि हामीहरूसँग अन्य विकल्प पनि थिएन। सुरुआती समयमा बुक पढेँ, मुभी हेरेँ र सामाजिक सञ्जालमा पनि व्यस्त भएँ।

तर ८० दिनपछि नेट प्राक्टिस सुरु गर्न थालेँ। कीर्तिपुरको टियु ग्राउन्डमा ब्याट र बलसँगको अभ्यास गरिरहेको छु। लामो समय मैदान र प्रशिक्षणबाट बाहिर रहँदा पक्कै पनि रिदम गुम्छ तर व्यावसायिक खेलाडीका लागि अभ्यासमा निरन्तरता र प्रतियोगिता भएपछि अवश्य लय फर्किनै हाल्छ। अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान)को गाइड लाइन अपनाएर प्रशिक्षण गरिरहेको छु। 

अनु अधिकारी (कराते)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता अनु अधिकारीले लकडाउनको समय आफूले फिटनेस ट्रेनिङमा मात्र ध्यान दिएको उल्लेख गरिन्। रनिङ र सामान्य ट्रेनिङमार्फत जतिसक्दो फिट राख्ने प्रयास गरेँ। साथै आपैmं पनि प्रशिक्षक भएकाले अनलाइनमार्पmत खेलाडीलाई प्रशिक्षण गराएँ। सानो स्थानमा व्यक्तिगत अभ्यास गर्न सकिने भए पनि प्रशिक्षण हलमा गुरुसँग प्रशिक्षण जस्तो घरमा प्रभावकारी हुँदैन। 
आफ्नो गेम प्लान पूर्णरूपमा लागू भएको हुँदैन र तर पनि टाइम सेडुल मिलाएर फिटनेस जोगाउने प्रयास ग¥यो। २०२० ओलम्पिक सोलिडारिटीमा रहेकाले मंगलबारदेखि दीपक गुरु (कराते प्रशिक्षक दीपक श्रेष्ठ) ले सातदोबाटोको हलमा प्रशिक्षण हुन्छ भन्नु भएकाले निकै उत्साहित छु। 

सावित्रा भण्डारी (फुटबल)
दक्षिण एसियाकै चर्चित फरवार्ड सावित्रा भण्डारी सशस्त्र प्रहरी बल एपीएफ क्लबमा आबद्ध छिन्। लकडाउनको समयमा विभागमै रहेकाले दैनिक अभ्यास सहजरूपमा अगाडि बढेको बताइन्। यो समयमा विभागभित्रै ड्युटीमा पनि खटियौं त्यसैले शरीर पूर्णरूपमा फिट पनि रह्यो। साथै फिटनेस जारी राख्न दैनिक रूपमा व्यक्तिगत अभ्यास पनि गरेँ। व्यक्तिगत रूपमा बलसँगको अभ्यास पनि गरेँ तर गुरुहरूको गाइडलाइन खेलेजस्तो प्रभावकारी त हुँदैन। हामीसँग अन्य विकल्प नभएकाले फिटनेस र सामान्य अभ्यासलाई चाहिँ निरन्तरता दियौं।
हाम्रो टिम गेम हो, लामो समय खेल बाहिर रहेकाले पूरानो लय र टिम सेट हुन अब निकै गाह्रो हुन्छ। त्यसमा पनि कतिपय खेलाडीहरूले वर्कआउट गरेको छैन भने रिदम बिग्रन सक्छ। त्यसैले एउटा खेलाडीका लागि लामो समय मैदान बाहिर रहनु र प्रशिक्षण नहुनु निकै कठिनपूर्ण क्षण हो। 

अनुशा मल्ल (बास्केटबल) 
नेपाली राष्ट्रिय बास्केटबल टोलीकी सदस्य अनुशा मल्लले लकडाउनको समयमा सामान्य फिटनेस ट्रेनिङ गरिरहेको बताइन्। कोर्टमा जस्तो टेक्निकल ट्रेनिङ घरमा सम्भव हुँदैन, त्यसैले घरमा सामान्य अभ्यास गरेर फिट रहने प्रयास मात्र गरिरहेको अनुशाको भनाइ छ। ‘घरमा बलसँग अभ्यास गर्न त्यति सहज वातारवरण पनि हुँदैन। फेरि, लकडाउन एक्कासि भइहाल्यो, यति लामो समय जान्छ भन्ने कल्पना थिएन, नत्र क्लबबाट घरमा बल ल्याएर सामान्य अभ्यास भए पनि गथ्र्यौँ। प्रशिक्षक विकास साहीले छिट्टै ट्रेनिङ सुरु हुने बताएकाले आफू कोर्टमा फर्किन पाउने भएपछि अनुशा  निकै उत्साहित भएकी छन्। गत १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता अनुशाले पछिल्लो समय घुँडामा समस्या भएर थेरापी गरिरहेको बताइन्।  

निमा गुरुङ (तेक्वान्दो)
तेक्वान्दोको राष्ट्रिय टोलीकी सदस्य निमा गुरुङले जतिसक्दो शरीरलाई चलायनमान बनाउने योजनाअनुरूप घरमै दैनिक प्रशिक्षण गरिरहेको बताइन्। छिमेकमा करातेकी खेलाडी छन्, उनीसँगै दैनिक प्रशिक्षण गरिरहेकी छु। जतिसक्दो आफूलाई फिट बनाउने प्रयासमा छु। १३ औं सागको रजत पदक विजेतासमेत रहेकी निमाले प्रशिक्षण राम्रो नहुँदा आपूmसँग भएको पावर गेम कमी हुने बताइन्। त्यसैले अभ्यास र खानपानमा पनि विशेष ध्यान दिइरहेकी छु। प्रशिक्षण केन्द्रमा प्रशिक्षक र साथीहरूसँग प्रशिक्षण गरेजस्तो प्रभावकारी त हुँदैन तर वर्तमान परिस्थितिअनुसार यो नै उत्तम विकल्प हो।

Leave A Comment