सिंहसँग भोजन

सोमबार, ०८ कार्तिक २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
सिंहसँग भोजन

सिंहसँग डिनर र भालुसँग स्नान गर्ने कल्पना पनि गर्न सकिन्न । तर, अस्ट्रेलिया जानुभयो भने यस्तो कल्पना गर्न मात्र होइन, आफैँ अनुभव गर्न पाउनुहुनेछ । त्यहाँको एउटा लजले आफ्ना ग्राहकका लागि यस्तो सुविधा उपलब्ध गराएको छ ।
अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेसनल जु एन्ड एक्वेरियमस्थित जमाला वाइल्डलाइफ लजले सेवा लिन आउने पाहुनालाई यस्तो सुविधा जोहो गरिदिएको हो । लजमा जम्मा १८ वटा कोठा छन् । कोठामा काँचको पर्खाल राखिएको छ, जसको एकातिर जनावर हुन्छन् र अर्कोतिर मानिस । खाना खाने ठाउँको काँचको पर्दापछाडि सिंह हुन्छन् भने स्नानघरको पारिपट्टि भालु । लजमा बस्दा ग्राहकले वनबासको झल्को पाउने गरेका छन् । यही कारण सो लजको सेवा लिन टाढाटाढाबाट मानिस क्यानबेरा पुग्ने गर्छन् । 

Leave A Comment