मसलामा मिसावट

बुधबार, १० कार्तिक २०७३, १० : ०६ मिलन खरेल , Kathmandu
मसलामा मिसावट

हाम्रो भान्छामा प्रयोग हुँदै आएका जिरा, मेथी, ज्वानो, बेसार, लसुन, खुर्सानी, टिमुर, जाइदाना, अलैँची, दालचिनी, तेजपात, पुदिना, अदुवा, ल्वाङ, मरिच आदि मसलाहरूमा आयुवेर्दिक औषधीय गुण हुने गर्छ । मसलाले खानाको स्वाद, रङ, बास्ना बढाउने मात्र नभई यिनमा रहेका औषधीय गुणयुक्त तŒवहरूले हामीलाई विभिन्न रोग लाग्नबाट बचाउने गर्छन् । तर, हिजोआज कालोबजारीले मरमसलालाई समेत अछुतो राख्न सकेको छैन । बजारमा मिलावटयुक्त मसलाहरूको बिगबिगी बढेको देख्न सकिन्छ । मिलावटयुक्त मरमसलाको सेवनले शरीरमा पोषकतŒवको कमी हुने मात्र नभई यिनमा प्रयोग गरिएका काठको धुलो, ढुंगाको धुलो, अखाद्य रङ र तेलको कारण हाम्रो स्वास्थ्य (पाचनक्रिया) मा नकारात्मक असर पर्ने गर्छ ।
कसरी गर्छन् त मिसावट ?
मरिच ः कालो मरिचमा सुकाएको मेवाको दाना
असर ः पेटमा गडबडी, कलेजोमा संक्रमण, क्यान्सरसमेत लाग्न सक्ने   
जिरा र धनियाँः जिरा तथा धनियाँको दानामा झट्ट हेर्दा उस्तै देखिने झारका दानाहरू, कोइला तथा अन्य रङ मिसाइन्छन् ।
रातो खुर्सानीः रातो खुर्सानीको धुलोमा काठको धुलो, लिडअक्साइड नामक सिसायुक्त धातु, इँटाको धुलो र कृत्रिम रङ
असरः कलेजोको संक्रमण, पेटमा गडबडी
ल्वाङ ः ल्वाङमा तेल निकालिएको ल्वाङका खोस्टाहरू राखिन्छ
रहरको दालः रहरको दालमा पहेँलो देखिने विषालु ‘मेटानिल’ नामक रासायनिक रङ तथा खेसरीको दाल
असरः लामो समयसम्म प्रयोग गर्नाले पक्षघात समेत हुन सक्ने
तोरीको तेलः  तोरीको तेलमा ‘आर्जिमोन’ नामक हानिकारक तेल
असरः हातखुट्टा सुन्निने, मिर्गौैला खराब हुने, मुटु तथा फोक्सोमा असर तथा मृत्युसम्म हुन सक्ने  
बेसारः गहुँको पिठो, रङ बनाउन प्रयोग गरिने ‘लिड क्रोमाइट’ भनिने विषालु रसायन तथा पहेँलो ‘मेटानिल’ नामक अखाद्य रङ
असरः मस्तिष्क तथा स्नायु प्रणालीमा असर
केशर (स्याफ्रोन)ः केशर सबैभन्दा महँगो मसलामा पर्छ । यसमा कृत्रिम रूपमा तयार गरिएको गमजस्तो रंगिन जिलेटिनका रेशा तथा मकैका घोगामा पलाएका जुँगा रंग्याएर मिसाउने गरिन्छ ।
दालचिनीः दालचिनीमा उस्तै देखिने अन्य रूखका बोक्राहरू मिसाउने गरिन्छ ।

चिन्ने कसरी ?

  •    बेसार वा दाललाई पहेँलो देखाउनका निम्ति ‘मेटानिल’ नामक हानिकारक रसायन प्रयोग गरिएको छ या छैन ? जाँच्नका लागि उक्त वस्तुलाई मनतातो पानीमा राखी केही थोपा फिक्का ‘हाइड्रो क्लोरिक एसिड’ नामक अम्ल वा सो नभएमा थोरै अल्कोहल (रक्सी) र केही थोपा सिरका (भिनेगर) हाल्नुपर्छ । यदि सो पानीको रङ गुलाबी, बैजनी या रातो भएमा मिसावट भएको निश्चित हुन्छ ।
  •     एक चम्चा रातो खुर्सानीको धुलोलाई एक गिलास पानीमा हाल्ने ।  शुद्ध खुर्सानीको धुलो गिलासको पानीको पिँधतर्फ बिस्तारै थिग्रिन थाल्छ भने यसमा मिसाइएको काठको धुलो पानीमाथि तैरिन्छ । यदि रङ मिसिएको भए गिलासको पानीमा राता मसिना धागाजस्ता त्यान्द्राहरू बनाउँदै पिँध तर्फजान्छ र पानीलाई रातो बनाउँछ ।
  •     धनियाँ तथा जिराको धुलो (पाउडर) लाई एक गिलास पानीमा हाल्ने । यदि यसमा काठको धुलो, धानको भुस आदि मिसाइएको भए उक्त प्रकारका धुलोजन्य वस्तुहरू पानीमाथि तैरिन्छन् भने  मसला तलतिर थिग्रिन्छ ।
  •    मरिचको दाना वा मरिचको धुलोलाई पानीमा डुबाउने । यदि यसमा मेवाको दाना वा धुलो मिसाइएको भए उक्त दाना वा धुलो पदार्थ पानीमा तैरिन्छ । तर, मरिचको दाना वा धुलो भने तलतिर थिग्रिन्छ ।
  •    जिरालाई एकदुई थोपा पानी राखी हत्केलामा राखेर मोल्ने । यदि कोइला तथा अन्य रङ भए हत्केलामा देखापर्छन् ।
  •   तोरीको तेलमा ‘आर्जिमोन’ नामक तोरीजस्तै देखिने दानाहरू मिसाएको हुन सक्छ । तर, आर्जिमोनको दानाको सतह तोरीको जस्तो चिल्लो नभएर केही खस्रो हुन्छ र यसलाई थिचेमा भित्रबाट सेतो पदार्थ निस्कन्छ भने तोरीको दानालाई थिचेमा भित्रबाट पहेँलो पदार्थ निस्कन्छ ।  तर, तेल भने छुट्याउन गाह्रो हुन्छ । यद्यपि, मिसावटयुक्त तेलको रङ गाढा पहेँलो हुन्छ । तर, यसमा तोरीको शुद्ध तेलको झैँ नाक पोल्ने किसिमको प्राकृतिक बास्ना भने हुदैन ।

Leave A Comment