सुनको सिक्का खोज्न गाउँ खनिँदै

बिहिबार, ११ कार्तिक २०७३, १० : ०९ शुक्रवार , Kathmandu
सुनको सिक्का खोज्न गाउँ खनिँदै

भारतीय राज्य राजस्थानको टोंक जिल्लामा अहिले माटो खन्ने मानिसको हूल जम्मा भएको छ । छिमेकी गाउँका मानिससमेत आएर गाउँका विभिन्न ठाउँमा अन्धाधुन्ध जमिन खनिरहेका छन् । जमिनमुनि गाडिएका सुनका सिक्का फेला पार्ने आशामा मानिसले यसरी गाउँ खनेका हुन् ।
अहिलेसम्म कसैले सुनको सिक्का फेला पारेको छैन । तर, पनि सुनको सिक्का फेला पार्न जमिन खन्ने क्रम जारी छ ।
केही युवाले गत साता फेसबुकमा सुनका जस्ता सिक्का हातमा लिएर खिचेको तस्बिर फेसबुकमा हालेका थिए । ‘टोंक जिल्लाको जमिन खन्दा फेला परका सुनका सिक्का,’ तस्बिरसँगै उनीहरूले लेखेका थिए । त्यसपछि सुनको सिक्का पाउने आशमा गाउँको जमिन खन्ने क्रम सुरु भएको हो ।
छिमेकी गाउँबाट समेत ट्र्याक्टर र ट्रिपरमा मानिस जमिन खन्न आएका थिए । जमिन खन्नेको भीड लागेपछि प्रहरीले उनीहरूलाई खेदाउन बलप्रयोग समेत गरेको थियो । तर, पनि सुनको सिक्का पाउने आशमा जमिन खन्ने क्रम टुटेको छैन । सरकारी अधिकारीले भने जमिनमुनि सुनको सिक्का फेला परेको खण्डमा समेत त्यो व्यक्तिको नभई राज्यको सम्पत्ति हुने जनाएका छन् ।  ‘जमिनको तीन मिटर तल फेला परेका वस्तु राज्यको सम्पत्ति ठहर्छ । त्यस्तो खजाना फेला परेछ भने पनि राज्यको ढुकुटीमा दाखिला हुन्छ,’ उनले भने ।

Leave A Comment