मेकअपका कारण डिभोर्स

बिहिबार, ११ कार्तिक २०७३, १० : ४२ शुक्रवार , Kathmandu
मेकअपका कारण डिभोर्स

दुबईका एक युवकले बिहे गरेको केही दिनपछि नै डिभोर्स गरेका छन् । मेकअप नगरेको अवस्थामा श्रीमतीलाई देखेपछि उनले डिभोर्स गरेका छन् । समाचारमा नवदम्पतीको नाम भने खुलाइएको छैन ।
बिहेपछि हनिमुन मनाउन भनेर सो नवदम्पती दुबईको समुद्री किनारमा गएको थियो । समुद्रमा डुबुल्की लगाउने मनसाय दुवैले बनाएपछि बेहुली मेकअप पुछेर बेहुलासामु आइन् । मेकअपपछि श्रीमती चिन्न नसकिने अवस्थामा देखेपछि पति चकित भएका थिए ।
त्यसपछि मात्रै पतिले पत्नीले त्यतिबेलासम्म आफूसामु हेभी मेकअप गरेर उपस्थित हुने गरेको चाल पाए । साथै, श्रीमतीले नक्कली परेला लगाउने गरेकोसमेत थाहा पाए । त्यसपछि उनले आफूलाई भ्रममा राखेर बिहे गरेको भन्दै सम्बन्ध विच्छेद गरे ।

Leave A Comment