दमकमा लिम्बू पहिरन प्रदर्शनी

बिहिबार, ११ कार्तिक २०७३, ११ : १९ शुक्रवार , Kathmandu
दमकमा लिम्बू पहिरन प्रदर्शनी

पूर्व मिस नेपाल सुविन लिम्बूको कोरियोग्राफीमा झापा, दमकमा लिम्बू पहिरनहरूको फेसन सो सम्पन्न भएको छ । मंगलवार सम्पन्न सोमा प्रागऐतिहासिक कालदेखि अहिलेसम्म किरात लिम्बू जातिले प्रयोग गरेका पहिरनहरू तेत्लाजाङ, पहके, सर्दके, सुम्जाङ, हाङजाङ, तागा, मेख्ली र दौरासुरुवाल प्रदर्शन गरिएको आयोजक लिम्बू विद्यार्थी मञ्चका विक्रम शेर्माले जानकारी दिए । रंगकर्मी वनेम विक्रम फागोको संयोजनमा सम्पन्न कार्यक्रममा धरान, मोरङ, झापा, इलाम, माङ्सेबुङ र काठमाडौँका तीन दर्जन लिम्बू मोडलहरूले पहिरन प्रदर्शन गरेका थिए । कार्यक्रम लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनको उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजन द हाइल्यान्ड आर्ट काठमाडौँले गरेको थियो ।

 

Leave A Comment