संसारकै मोटी महिला

शुक्रबार, १२ कार्तिक २०७३, १० : ०३ शुक्रवार , Kathmandu
संसारकै मोटी महिला

इजिप्टकी ३६ वर्षीया अहमद अब्दुलाती संसारकै मोटी महिला हुन् । इजिप्टको एलेक्जेन्ड्रिया शहरनिवासी उनको शरीर आधा टन अर्थात् पाँच सय किलो छ । ठूलो ज्यान भएका कारण हिँडडुल गर्नसमेत अप्ठेरो हुने भएकाले उनी घरबाहिर ननिस्किएको २५ वर्ष भयो ।
‘शरीरको वजन धेरै भएकाले उनी घरबाहिर निस्किन त परै जाओस्, ओछ्यानबाट बाहिर निस्किन पनि सक्दिनन् । खानेलगायत सबै काम ओछ्यानमै गर्छिन् । उनको खानपान र सरसफाइमा उनकी आमा र बहिनीले सघाउने गरेका छन्,’ समाचारमा भनिएको छ ।
जन्मिँदाखेरि नै उनी एलिफ्याटिसिस नामक रोगबाट ग्रस्त थिइन् । यस्तो रोग लागेको व्यक्तिको हातखुट्टा सुन्निएर ठूलो हुने गर्छ । ‘११ वर्षको उमेरदेखि उनी नराम्रोसँग मोटाउन थालिन् र अहिले यो अवस्थामा पुगिन्,’ समाचारमा भनिएको छ । उनको हेरचाह तथा उपचारमा इजिप्ट सरकारले सहयोग गर्ने गरेको छ ।  
 

Leave A Comment