घरमै बनाऔँ मिठाई

शुक्रबार, १२ कार्तिक २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
घरमै बनाऔँ मिठाई

लालमोहन
चाहिने सामग्रीः
१. खुवा            २५० ग्राम
२. पनिर            १०० ग्राम
३. मैदा            २०–३० ग्राम
४. घ्यू            आवश्यकताअनुसार    

चास्नी बनाउने तरिकाः

  • एउटा भाँडामा चिनी र चिनीको मात्राभन्दा आधी पानी लिने र पकाउने ।
  • चिनी र पानीको मिश्रण गाढा हुञ्जेलसम्म पकाउने ।
  • पाकेपछि चिसो पारेर छान्ने ।

लालमोहन बनाउने तरिकाः

  •     एउटा ठूलो भाँडामा खुवा, पनिर र मैदा हालेर नरम बनाई मुछ्ने ।
  •    मुछिएको पिठोको सानो डल्लो हातमा लिई गोलो बनाई प्लेटमा राख्ने ।
  •     पूरै पिठोका गोला बनाइसकेपछि कराहीका घ्यू तताउने ।
  •     घ्यू तातेपछि त्यसमा ती डल्ला हालेर चारैतिरबाट खैरो हुञ्जेलसम्म फ्राई गर्ने ।
  •     खैरा भएका डल्लालाई निकाली प्लेटमा राख्ने ।
  •    चिसा भएपछि ती गोला डल्लालाई एकदुई घण्टासम्म चास्नीमा डुबाउने ।
  •     चास्नीमा राम्ररी भिजेपछि लालमोहन प्लेटमा राख्ने र सर्भ गर्ने ।

जेरी
चाहिने सामग्रीः
१. मैदा            २ कप
२. बेकिङ पाउडर    १ सानो चम्चा
३. तेल            आवश्यकताअनुसार
४. चिनी            २ कप
५.  गुलाबजल        १ सानो चम्चा
६. सुकुमेल धुलो    १ चिम्टी

बनाउने तरिकाः

  •    सबभन्दा पहिला मैदामा बेकिङ पाउडर मिसाएर छान्ने ।
  •   छानिएको मैदामा पानी मिसाई क्रिम जत्तिको पातलो घोल बनाउने । घोल न धेरै पातलो हुनुपर्छ र न धेरै बाक्लो ।
  •    त्यस घोललाई २४ घण्टासम्म तातो ठाउँमा राख्ने ।
  •     एउटा भाँडामा चास्नी बनाउने ।
  •    त्यस चास्नीमा गुलाबजल र सुकुमेलको धुलो हाल्ने ।
  •    कराहीमा तेल तताउने । मैदाको घोललाई नरम कपडामा हालेर बान्ने र त्यसको तलबाट सानो प्वाल पारी जेरी बनाइ फ्राई गर्ने ।
  •     फ्राई गरेपछि जेरीलाई चास्नीमा ५ मिनेटसम्म डुबाउने ।
  •     पाँच मिनेटपछि चास्नीबाट निकालेर ताततातो जेरी पस्कने ।

सेलरोटी
चाहिने सामग्रीः
१. चामलको पिठो            १ केजी
२. चिनी                    ३०० ग्राम
३. घ्यू                    १ सानो कचौरा
४. तेल                    आवश्यकताअनुसार
५. सुकुमेल धुलो            १ चम्चा

बनाउने तरिकाः

  •     चामलको पिठोमा चिनी र घ्यू हालेर माड्ने र।
  •     केही बेरपछि पानी राखेर मुछ्ने र लेदो बनाउने ।
  •     कराहीमा तेल तताउने ।
  •     सानो प्वाल भएको कुपी, नरिवारको बोक्रा वा हातबाट सेलको आकार बनाउने । सोलीको सहायताले पनि निश्चित आकार दिन सकिन्छ ।
  •     हल्का खैरो हुञ्जेलसम्म पकाउने ।


अनर्सा
चाहिने सामग्रीः
१. ताइचिन चामल            १ केजी
२. घिउ                    २ केजी
३. चिनी                    २०० ग्राम
४. तिल                    २०० ग्राम

बनाउने तरिकाः

  •     अनर्सा बनाउने तीन दिनअघि ताइचिन चामल पखाल्ने ।
  •     चामललाई पानीमा रातभरि भिजाउने ।
  •    भोलिपल्ट चामलको पानी फेर्ने र फेरि रातभरि भिजाउने ।
  •     तेस्रो दिन चामललाई पानीबाट निकालेर सुकाउने र पिस्ने ।
  •     चामलको मात्राभन्दा केही कम मात्रामा चिनी लिने र त्यसलाई पनि पिस्ने ।
  •     चामलको पिठो र चिनीको धुलो दुवैलाई मुछ्ने र रातभरि राख्ने ।
  •     भोलिपल्ट अनर्सा पकाउनुभन्दा तीनचार घण्टाअघि त्यसमा दूध हालेर नरम हुने गरी मुछ्ने ।
  •    मुछिएको पिठोका सानोसानो गोला बनाई त्यसमाथि तिल राखेर हातले रोटीको आकार दिने ।
  •     कराहीमा घिउ तताउने र रोटीलाई त्यसमा खैरो नहुन्जेल फ्राई गर्ने ।
  •    अनर्सालाई एकतर्पmबाट मात्र फ्राई गर्नुपर्छ । यो एकतर्पm मुलायम र अर्कोतर्फ कडा हुन्छ ।

काजु बर्फी
चाहिने सामग्रीः
काजु                    १ केजी
चिनी (पिसेको)            ७५० ग्राम
सुकुमेल (धुलो)            ७ ग्राम
पानी                        २५० मिली

बनाउने तरिकाः

  •     काजुलाई पानीमा भिजाउने ।
  •      पानीबाट काजुलाई झिकेर मसिनो गरी पिस्ने ।
  •     त्यसमा पिसेको चिनी मिसाउने ।
  •     हलुका आगोमा कराही तताउने र त्यसमा काजुको मिश्रण र सुकुमेलको धुलो हालेर बाक्लो हुञ्जेल पकाउने ।
  •      पाकेपछि ट्रेमा मिश्रणलाई घोप्ट्याउने र सेट गर्नका लागि राख्ने ।
  •    सेट भएपछि आपूmलाई मन परेको आकारमा काजु बर्फी काट्ने ।

बेसनको लड्डु
चाहिने सामग्रीः
बेसन                        ५०० ग्राम
चिनी     (पिसेको)            ५०० ग्राम
काजु, बदाम, किसमिस (चप)    १ कचौरा
घिउ                        २०० ग्राम
सुकुमेल (धुलो)            १ चम्चा        

बनाउने तरिकाः

  •     एउटा भाडामा घिउ तताउने र हलुका आगोमा खैरो हुञ्जेल बेसनलाई भुट्ने ।
  •     दुईतीन मिनेटपछि ग्यास बन्द गरी त्यसमा चिनी, काजु, बदाम, र किसमिस मिसाउने ।
  •     अलि चिसो भएपछि हातमा घिउ दल्ने र यस मिश्रणको लड्डु बनाउने ।

Leave A Comment