चटामरीसँगै स्नुकर

सोमबार, ०६ असार २०७३, ०४ : ५९ शुक्रवार , Kathmandu
चटामरीसँगै स्नुकर

काठमाडौँ, सामाखुशीस्थित कपुरधारा मार्गमा नवोदित कलेजको अगाडिपट्टि सञ्चालित छ, ‘द क्यू क्लब’ । होटल व्यवस्थापनको डिग्री लिएका तन्नेरीहरूले खोलेको यो रेस्टुरेन्ट युवाहरूको रोजाइमा पर्ने गरेको छ । कारण, युवाहरू केही समय झुम्न पाउँछन्, भुल्न पाउँछन्, रमाउन पाउँछन् । यो वातावरण बनाइदिन्छ, क्यू क्लबले ।
बाहिर रमाइलो गार्डेन छ । छेउमै विभिन्न थरी चराचुरुंगी पालिएका छन् । पर्याप्त पार्किङको सूविधा छ । ‘खानापान पनि हाइजेनिक हुन्छ,’ रेस्टुरेन्टका म्यानेजर प्रज्वल प्रधान भन्छन्, ‘युवाहरू रमाइलोका लागि ठमेल मात्र किन त ? त्यसबाहिर पनि शान्त तथा पारिवारिक वातावरणमा रेस्ट्रोको मज्जा लिन सकिन्छ है भनेर हामी ठमेल वरपरकै साथिहरू मिलेर सामाखुशीमा व्यवसाय सुरु ग¥यौँ ।’
यहाँ युवाहरू भुल्ने अर्को अप्सन पनि छ, स्नुकर एन्ड पुल हाउस । रेस्टुरेन्टको नाम नै स्नुकरसँग जोडिएको छ, क्यू । स्नुकर पारखीहरूको भीडभाड हुने नै भयो । स्नुकर खेल्दै चाइनिज, स्टिक र नेवारी फुडको मज्जा लिन्छन् उनीहरू । केही परिकारलाई रेस्टुरेन्टले ‘मोडरेट’ गरेर नयाँ स्वाद दिन पनि खोजेको छ । यहाँ ठूलो पर्दामा मन परेको फिल्म हेर्दै स्वाद लिन पाउने व्यवस्था पनि छ । डाइनिङ हलमा विभिन्न गेमहरू लाइभ हेर्ने अप्सन पनि छ । पछिल्लो समय चलिरहेको युरो कप विशेष परिकारका साथ हेर्ने सुविधा मिलाइएको छ ।
वाइफाई नहुने त कुरै भएन । सञ्चालकमध्येका एक सन्तोष मास्केका अनुसार कक्टेल, मक्टेलका साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ । अर्डर अनुसारका खाना–खाजा आइटम पस्किने यो रेस्टुरेन्टमा सबैभन्दा ज्यादा नेवारी खाजाको चटामरी र बारा धेरैको रोजाइमा पर्छन् । ‘स्पोर्ट्स बार, रेस्टुरेन्ट र बिलियर्ड हाम्रो प्राथमिकता हो,’ मास्केले भने, ‘युवाहरूको मागअनुसार रेस्टुरेन्टलाई स्पोर्ट्समय बनाउँदै लाने योजना छ ।’
 

Leave A Comment