प्रेमीसँग घुम्दा कोर्रा

बुधबार, १७ कार्तिक २०७३, १० : २७ शुक्रवार , Kathmandu
प्रेमीसँग घुम्दा कोर्रा

इन्डोनेसियाको बान्दा अचेह प्रान्तमा एउटी युवतीलाई सार्वजनिक ठाउँमा उभ्याएर उसको शरीरमा कोर्रा वर्षाइएको छ । सो क्षेत्र मुस्लिम आदिवासीबहुल इलाका भएकाले त्यहाँ स्थानीयस्तरमा सरिया कानुन लागू हुन्छ । यही कानुनअन्तर्गत ती युवतीलाई कोर्रा हानिएको हो ।
इन्डोनेसियाको सो प्रान्तमा कुनै पनि अविवाहित युवतीले विवाहअघि परपुरुषसँग सार्वजनिक ठाउँमा हिँडडुल गर्न पाउँदैनन् । तर, ती युवती बजार क्षेत्रमा ब्वाइफ्रेन्डसँग घुमिरहेकी थिइन् । कुनैकुनै बेला उनी ब्वाइफ्रेन्डको नजिक पुगेकी थिइन् । यस्तो ‘असामाजिक’ र ‘अभद्र’ हर्कत प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर बजार क्षेत्रमा रहेको एउटा मस्जिदअगाडि उभ्याएर उनलाई कोर्रा हानेका हुन् । केटीलाई कोर्रा हानेपछि प्रहरीले प्रेमीको पनि धुलाइ गरेका थिए ।

Leave A Comment