नेतालाई हजारौँ बिहे प्रस्ताव

बिहिबार, १८ कार्तिक २०७३, ११ : २४ शुक्रवार , Kathmandu
नेतालाई हजारौँ बिहे प्रस्ताव

बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवलाई बिहे र प्रेमको प्रस्ताव राख्दै हजारौँ सन्देश आएका छन् । प्रान्तस्तरको क्रिकेट खेलमा राम्रोसँग चिनिएका यी अविवाहित नेतालाई प्रेम र बिहेका निम्ति प्रस्ताव गर्दै ४४ हजार म्यासेज पठाइएको समाचारमा जनाइएको छ ।
उपमुख्यमन्त्री यादवले बिहारका जनताबाट नराम्रा र अप्ठेरा सडकबारे जनगुनासो टिप्न एउटा हवाट्सएप नम्बर सार्वजनिक गरेका थिए । त्यसमा जम्मा ४७ हजार सन्देश आएको थियो । त्यसमध्ये तीन हजार सन्देशमा मात्र खराब सडकसम्बन्धी व्यहोरा उल्लेख थियो । ‘बाँकी सन्देशमा प्रेम र बिहेका निम्ति आग्रह गरिएका थिए । कतिपय म्यासेजमा युवतीहरूले आफ्ना बायोडाटा, फिगरको साइज, तस्बिर आदि पनि पठाएका थिए,’ समाचारमा भनिएको छ ।

Leave A Comment