नौ सय बेहुलीको जमघट

शनिबार, २० कार्तिक २०७३, ११ : १९ शुक्रवार , Kathmandu
नौ सय बेहुलीको जमघट

चीनको जियांग्सु प्रान्तमा ९ सय ८ जना बेहुलीले एकै ठाउँमा एकसाथ जम्मा भएर विश्व कीर्तिमान कायम गरेका छन् । चीनमा विभिन्न प्रान्तबाट बेहुलीहरू जियांग्सु प्रान्तको एउटा शहरमा जम्मा भएर कीर्तिमान कायम गरेका हुन् । यसअघि एकसाथ यति धेरै बेहुली कहिल्यै जम्मा भएका थिएनन् । यसअघि एकसाथ ६५ जना बेहुलीमात्र जम्मा भएको रेकर्ड थियो ।
बेहुलीको पहिरन, गरगहना तथा शृंगार सामग्री बिक्री गर्ने एउटा संस्थाले सो कार्यक्रम आयोजना गरेको थियो । गिनिज बुकले समेत यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो बेहुलीहरूको जमघटका रूपमा स्वीकार गरेको छ ।

Leave A Comment