जेल्डाको भूमिकामा जेनिफर

शनिबार, २० कार्तिक २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
जेल्डाको भूमिकामा जेनिफर

हलिउड अभिनेत्री जेनिफर लरेन्सले अमेरिकी लेखक जेल्डा फिट्जेराल्ड भएर फिल्ममा काम गर्ने भएकी छिन् । लेखककी श्रीमतीसमेत रहेकी जेल्डाको जीवनमाथि आधारित फिल्ममा जेनिफर जेल्डाको भूमिकामा देखा पर्ने भएकी हुन् । बायोपिकलाई रोन होवार्डले निर्देशन गर्नेछन् ।
जेल्डाले अमेरिकी लेखक एफ स्कट फिट्जेराल्डसँग बिहे गरेपछि उनीहरूको वैवाहिक जीवन एक किसिमले तनावपूर्ण भएको थियो । श्रीमान् र श्रीमती दुवै उम्दा लेखक भएका कारण उनीहरूबीच प्रतिस्पर्धाको भावना विकास भएको थियो । ‘दुवैले एकअर्कालाई मुख्य प्रतिस्पर्धी मानेका थिए । फिल्ममा काम गर्दा व्यक्तिको जटिल मनोविज्ञानलाई अभिव्यक्त गर्नुपर्ने भएकाले उनी अहिले त्यसको तयारीमा छिन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment