लामो न लामो कपाल

बिहिबार, २५ कार्तिक २०७३, १० : ०१ शुक्रवार , Kathmandu
लामो न लामो कपाल

चीनको साङ्सी प्रान्तकी नी लिमेई नाम गरेकी महिलाले कपाल नकाटेको १८ वर्ष भयो । अहिले उनको कपाल उनीभन्दा दोब्बर लामो भइसकेको छ । ‘मैले सन् १९९८ मा अन्तिमपटक कपाल काटेकी थिएँ । त्यसयता कपालमा एकपटक पनि कैँची लगाएकी छैन,’ ६० वर्षीया उनले भनिन् ।
गत साता उनले चिनियाँ शहर ताइयुआनमा कपाल प्रदर्शन गरिन् । उनको कपाल हेर्न धेरै मानिस जम्मा भएका थिए ।
‘कपाल लामो भएपछि यसलाई सम्हाल्न निकै गाह्रो पर्दो रहेछ । कहीँ जाँदा एलिभेटरमा कपाल अल्झिन्छ । निहाउनुप¥यो भने पूरै दिन घरमा बिताउनुपर्छ, किनकि कपाल सुक्न दुई घण्टौँ लाग्छ,’ उनले भनिन् ।
उनको कपाल ११ फिट ९ इन्च लामो छ । संसारकै लामो कपाल भएकी महिलाको कीर्तिमान कायम गर्ने धोको रहेको उनी बताउँछिन् । तर, यसका लागि उनले अझै पर्खिनुपर्ने भएको छ । किनकि चीनकी सी कुपिङले सबैभन्दा लामो कपाल भएकी महिलाका रूपमा सन् २००४ मै कीर्तिमान कायम गरिसकेकी छन् । ३१ वर्ष लगाएर उनले कपाललाई यति लामो बनाएकी थिइन् ।

 

Leave A Comment