विद्यार्थीले बनाए आवाजले चल्ने प्रविधि

बिहिबार, २५ कार्तिक २०७३, ११ : २३ शुक्रवार , Kathmandu
विद्यार्थीले बनाए आवाजले चल्ने प्रविधि

धनगढीका सातजना विद्यार्थीले आवाजको कमान्डले बत्ती, टीभी, फ्यान अफ र अन हुने प्रविधि विकास गरेका छन् । उनीहरूले बोलीको कमान्डबाट चल्ने रोबोटसमेत बनाएका छन् ।
घरअगाडि चोर आएमा मोबाइलमा कल र मेसेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कनेबित्तिकै बन्द हुने स्मार्ट फ्यान पनि उनीहरूले बनाएर प्रस्तुत गरेका छन् । आफ्नै प्रयत्नमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरूले बताए ।
कञ्चनपुर, वेदकोट–१३ का निरज शाह, झलारी–११ का उत्तरराज जोशी, बेलौरी–१९ का सुदीप श्रेष्ठ, कृष्णपुर–६ का रोशन देउवा, अछाम, घुघुरकोट–६ का निरज शाह, धनगढी– २ का अर्जुन पुरी मिलेर यस्तो प्रविधि निर्माण गरेका हुन् ।
उनीहरूले बनाएको प्रविधिबाट भ्वाइस कमान्डबाट सामानहरू खोल्न र बन्द गर्न सकिन्छ । मोबाइलमा सेट गरेर ‘अन’ भने पछि बत्ती बल्ने र ‘अफ’ भन्दा बन्द हुन्छ । यसबाट रोबोट पनि चल्छ । अपांगता भएका व्यक्तिले यो प्रविधिबाट फाइदा उठाउन सक्ने निरज शाहले बताए । प्रविधि विकासका लागि सरकारी निकायले सहयोग नगरेको विद्यार्थीहरूको गुनासो छ ।

Leave A Comment