संकटको छुट्टी कसरी बिताउने ?

शनिबार, ०१ चैत २०७६, १२ : २९ शुक्रवार
संकटको छुट्टी कसरी बिताउने ?

एनी फ्याङकको पुस्तक ‘द डायरी अफ योङ गर्ल’ पढ्नुभएको छ ? पढ्नुभएको छैन भने पढ्नुस्। आफू मात्र हैन, छोराछोरीलाई पनि पढाउनुस् किनभने त्यो पुस्तकले कठिनाइसँग जुधेर कसरी सहज जीवन बाँच्न सकिन्छ भन्ने कला सिकाउँछ। त्यति मात्र होइन, सीमित क्षेत्रमा मात्रै बस्नुपर्दा कसरी सिर्जनात्मक भएर समय व्यतित गर्ने भन्ने कला पनि सिकाउँछ।

दोस्रो विश्वयुद्धमा नेदरल्यान्डमा बसोबास गरिरहेको एनी फ््रयाङ्कको परिवारलाई नाजी सेनाले घरबाट बेदखल ग-यो। त्यसपछि उनीहरु चिनारु साथीको कारखानामा भूमिगत भए। यस्तोमा एउटी सानी १४ वर्षकी किशोरीले भूमिगत भएर बस्दा दिन बिताउन कसले के गथ्र्यो भन्ने कुरा लेखेकी छन्। पुस्तकमा उनले परिवारका सदस्यले बाहिरबाट लुकेर ल्याइएका पुस्तक कसरी पढ्थे, विश्वमा भइरहेको घटनाको कसरी व्याख्या गर्थे भन्ने कुरा सविस्तार उल्लेख गरेकी छन्।

सो संकटको अवस्थामा एउटा सानो फ्ल्याटमा ठूलो परिवार कसरी समय बिताउँथ्यो र त्यस क्रममा पुस्तक र पठनले कस्तो भूमिका खेल्यो भन्ने उल्लेख एनी फ्याङ्कले गरेकी छन्।

ठीक उसैगरी अहिले विश्वभर नै कोरोना भाइरसको महामारी छ। नेपालमा पनि कोरोना फैलिएला भनेर सरकार चाँडै स्कुले परीक्षा सक्ने हतारोमा छ। सरकारले चैत ५  गतेसम्म सबै विद्यालयमा परीक्षा सक्न निर्देशन पनि दिइसकेको छ। अतिआवश्यक काममा बाहेक धेरै हुलमुलमा नजान आग्रह पनि गरिरहेको छ। हाम्रो देशमा यो भाइरस संक्रमण जताततै फैलिएको छैन तर सतर्कता अपनाउनुपर्ने भने देखिन्छ। यो फुर्सदको समयमा के गर्ने त ?

चीनको सांघाईस्थित एक निजी कम्पनीकी व्यापार व्यवस्थापक माश्र्या चेनले आफ्नो व्यक्तिगत अनुभवमा यो कोरोना भाइरसको कारण भएको लामो बिदाको समयलाई कसरी उपयोग गरिरहेको छु भन्ने अनुभव बताएकी छन्। उनले लेखेकी छन्, ‘इतिहासमा कहिल्यै नभएको बिदा कोरोना भाइरस फैलनाले भयो। मानिसहरु कुल गार्हस्थ उत्पादन वृद्धि र समाजको उच्च वर्गमा पुग्ने चिन्ता पन्छाउँदै, मेसिनको पुर्जा हुन छाडेर ‘मानव’ बन्नेतर्फ अग्रसर छन्। आफ्नै अनुभवको कुरा गर्ने हो भने यो बेला मेरा लागि महŒवपूर्ण कुरा के हो ? भनेर आफूलाई सोध्न सकेँ। मैले पुस्तकहरु पढ्न सुरु गरेँ जुन उत्पादकत्व र वृत्ति विकासका लागि नभई मानवता र जीवनको अर्थबारे लेखिएका थिए। अहिले म रोबटको जस्तो जिन्दगीबाट मुक्त हुँदै सचेतनाको साथ बाँच्न र सोचविचार गरी बाटो रोज्न सक्ने भएकी छु।’ उनले आफ्नो अनुभूतिबारे ‘खतरा सँगै अवसर’ शीर्षकमा कोरोना अनुभूति लेखेकी हुन्।

हामीले पनि माश्र्या चेनले जस्तै घरमै बसेर फुर्सदको समय व्यतित गर्न सक्छौँ। आत्तिएर के होला भनेर डराउँदा मनस्थिति बिग्रन सक्छ। डिप्रेसनमा पुग्न खतरा हुन्छ। तर हामीले फुर्सद नपाएर गर्न नपाएका काम, बोल्न नपाएका साथी, समय व्यतित गर्न नपाएका छोराछोरी, श्रीमान् श्रीमती, बाबुआमाका लागि दिन सक्छौँ। पढ्न नपाएको पुस्तक पढ्ने, हेर्न नपाएका फिल्म घरमै बसेर इन्टरनेटमार्फत हेर्न सक्छाँै। अझ महत्वपूर्ण कुरा त आफूले आफूलाई चिन्न सक्छौँ।

सचेत रहने
सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाइएको छ। त्यतातर्फ ध्यान नदिनुहोस्। सम्बन्धित विज्ञ, स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर जानकार हुनुहोस्। अनावश्यक कुरा पढिरहन आवश्यक छैन।

छोराछोरीमा भएको भ्रम चिरिदिनुहोस्
महामारी यहीअनुसार रहे बिदा लम्बिन सक्छ। तपाईंका छोराछोरी स्कुल जाने हुन् भने स्कुलको पनि छुट्टी हुन्छ। यो समयमा उनीहरुलाई यो भाइरसबारे अफवाहमा लागिरहेका हुन सक्छन्। के हो, के गर्नुपर्छ राम्रो सल्लाह दिनुहोस्।

पुस्तक पढौँ पढाऔँ
यो बिदाको समयमा अभिभावकले आफू पनि पढ्ने छोराछोरीलाई पनि उमेर अनुसारको पुस्तक पढ्ने बानी बसाल्न उपयुक्त समय हुनसक्छ। हाम्रो समाजमा यसै नै पुस्तक पढ्ने बानी छैन। यो बिदामा रुचिअनुसारको पुस्तक पढेर समय बिताउन सकिन्छ।

फिल्म हेर्नुस्
उमेर अनुसारको परिवारको सदस्यसँग बसेर फिल्म हेर्न सकिन्छ। फिल्म हेर्नका लागि युट्युब नेटफ्लिक्स प्रयोग गर्न सकिन्छ। लामो समयदेखि हेर्न नपाएको फिल्म, डकुमेन्ट्री हेर्न सकिन्छ। छोराछोरी बाबुआमालाई यो कार्य सँगै गराउनुस्, जस्ले गर्दा मनोरञ्जन त हुन्छ नै अब के होला कसो होला भन्ने अफवाहबाट पनि बच्न सकिन्छ।

व्यायाम गर्नोस्
घरमै बसिरहँदा शरीरलाई गाह्रो हुन सक्छ। आलस्य हुने त भइ नै हाल्यो। बच्चाबच्ची पनि खेल्न जान नपाएर कराउन सक्छन् अथवा डराएर के गर्ने होला भन्ने लाग्न सक्छ। यसो गर्दा मोटोपन बढ्ने, अथवा अस्वाभाविक तौल घट्ने पनि हुन सक्छ। यसका लागि उपाय भनेकै व्यायाम हो।

आफू सँगै परिवारका सदस्यहरुलाई दैनिक दुई घण्टा बिहान एक घण्टा बेलुकी व्यायाम गर्न सकिन्छ। योग, ध्यान लगायतका क्रियाकलाप गर्न सकिन्छ। जसले गर्दा शरीरसँगै मनस्थिति पनि सन्तुलित राख्छ। ध्यान गर्दा पनि सुनमा सुगन्ध भई नै हाल्छ।

Leave A Comment