‘पार्सल’को प्रोमो सार्वजनिक

बिहिबार, २५ कार्तिक २०७३, ११ : ३० शुक्रवार , Kathmandu
‘पार्सल’को प्रोमो सार्वजनिक

पूर्वमा निर्माण भएको नेपाली फिल्म पार्सलको गीत, पोस्टर र प्रोमो सार्वजनिक भएका छन् । पूर्वका फिल्मकर्मीहरूको उपस्थितिमा धरानमा गीत, पोस्टर र प्रोमो सार्वजनिक गरिएका हुन् । भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वमा फिल्म क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै फिल्म वितरक चैतन्य बराल, हल सञ्चालक विकास कोइराला, कलाकार शारदा शाक्य र पत्रकार गोपाल दाहाललाई सम्मान गरियो । किशोर सम्वाहाङ्फेको निर्माण र रविन श्रेष्ठको निर्देशन रहेको ‘पार्सल’ मंसिर २४ गते रिलिज हुनेछ । युवराज राईको छायांकन, विकास चौधरीको संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्ममा किशोर खतिवडा, प्रेम सुब्बा, विक्रम सिंह, नीता ढुंगाना, प्रेसिका निरौला, सृजना लिम्बू लगायतले अभिनय गरेका छन् ।

Leave A Comment