देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

शुक्रबार, २६ कार्तिक २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) ले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मान गरेको छ । विश्वविद्यालयका उपकुलपति जगदीशकुमारले एक समारोहबीच सभापति देउवालाई उपाधि प्रदान गरेका छन् ।
सभापति देउवाले उपाधि ग्रहण गर्दै जेएनयूको १२ औँ नेहरु मेमोरिएल लेक्चरमा ‘डेमोक्रेसी एन्ड प्रोग्रेस इन द एसियन सेन्चुरी’ शीर्षकमा लेक्चर समेत दिएका थिए । भारतका राष्ट्रिय र अन्तर्र्राष्ट्रिय  नेता उपस्थित गराइने यो मञ्चमा यसअघि नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, धर्मगुरु दलाई लामा, पूर्व भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम लगायतले प्रवचन दिएका छन् ।

Leave A Comment