जहाँका मानिस धेरै बाँच्छन्

शनिबार, २७ कार्तिक २०७३, ११ : १९ शुक्रवार , Kathmandu
जहाँका मानिस धेरै बाँच्छन्

मानिसको आयुलाई ऊ बसोबास गर्ने स्थानले धेरै हदसम्म निर्धारण गरिदिन्छ । तर, एउटै देशमा एउटा ठाउँका मानिस अर्को ठाउँका मानिसभन्दा झण्डै दोब्बर बाँच्न सक्छन् भन्ने सुन्दा रोचक लाग्न सक्छ । पाकिस्तानमा यस्तै एउटा ठाउँ छ, जहाँका मानिसको आयु संसारलाई नै चकित तुल्याउने खालको छ ।
उत्तरी पाकिस्तानको काराकोरम हिमाल क्षेत्रमा हुन्जा उपत्यका छ, जहाँ बुरुसो समुदायका मानिस बसोबास गर्छन् । यस उपत्यकामा बसोबास गर्ने यस समुदायका मानिस आरोग्य र दीर्घजीवनका लागि संसारभरि नामी छन् ।
‘बुरुसो समुदायका मानिसको संख्या कम छ, तर कम भए पनि यिनीहरूको जीवन भने भव्य किसिमको छ । उनीहरू हत्तपत्त बिरामी पर्दैनन् । उनीहरूको बस्तीमा गयो भने १ सय २५ वर्षसम्मका मानिस ठाउँठाउँमा भेटिन्छन्,’ समाचारमा भनिएको छ । यो समुदायका मानिस १ सय ४५ वर्षसम्म बाँचेको रेकर्ड छ । यहाँका मानिसमा आजसम्म क्यान्सर रोग देखा परेको छैन । यहाँका महिला लामो समयसम्म स्वस्थ रहने भएकाले ६५ वर्षको उमेरमा पनि उनीहरू आमा बन्ने गर्छन् ।    
यो समुदायका मानिस यति लामो कसरी बाँच्छन् भन्नेबारे विभिन्न अनुसन्धान भएका छन् । तर, अनुसन्धानको निष्कर्षमा एकरूपता छैन । धेरैजनाले यो समुदायले लिने भोजनमा आरोग्यको रहस्य लुकेको मान्ने गरेका छन् । यहाँका मानिस घाममा सुकाएको ओखरका परिकार बढी खाने गर्छन् । त्यस्तै काँचो तरकारी, फलफूल, कोदो, मेवा, दूध, अन्डा, चिज आदि पनि यहाँका मानिसले खाइरहने चिजमा पर्छन् । ‘यहाँका मानिस वर्षमा दुईदेखि तीन महिना ज्यादै कम अन्न खान्छन् र फलफूलको जुस बढी खान्छन् । खानासाथ उनीहरू हिँडडुल गर्न निस्किन्छन् । उनीहरूको दीर्घायुको रहस्य स्वस्थ खानपान र जीवनशैली हो भन्ने धेरै अनुसन्धाताहरूको निष्कर्ष छ,’ समाचारमा भनिएको छ ।

Leave A Comment