आँखाको मेकअप

शनिबार, २७ कार्तिक २०७३, ०१ : ३७ शुक्रवार , Kathmandu
आँखाको मेकअप

गर्मीमा भन्दा जाडोमा हेभी मेकअप गरिन्छ । किनभने, जाडोमा मेकअप जस्ताको त्यस्तै लामो समयसम्म रहिरहन्छ । गर्मी मौसममा जस्तो पसिना, चिल्लोपनाबाट मेकअप पग्लने, बग्ने, टाटेपाटे हुने समस्या जाडो याममा हुँदैन । जाडो मौसममा साधारण प्रकारका सौन्दर्य प्रसाधनहरूको प्रयोग गर्न सकिन्छ ।
जाडोमा आँखाको मेकअपलाई बढी जोड दिन सकिन्छ । सुन्दर ढंगले सजाइएको आँखाले सबैको ध्यान सजिलै आकर्षित हुने गर्छ ।
ग्ल्यामरल आई मेकअप गर्ने तरिका ः
आँखामाथिको पूरा ढकनीमा लाइट क्रिम वा आइभरी कलरको आइस्याडो लगाउने । आँखाको ढकनीको गहिरो भागमा गाढा खैरो रङको आइस्याडो प्रयोग गर्ने । त्यसमाथि सिमर लाइट ब्राउन वा कपर कलरको आइस्याडो लगाएर तलमाथि हल्कासँग फैलाउने । यसप्रकारबाट आइस्याडो लागाइसकेपछि डार्क ब्राउन वा ब्ल्याक आइलाइनर लगाउन सकिन्छ । आँखा साना छन् भने लामो कोष निकाल्नु उयपुक्त हुन्छ । कोष निकाल्दा माथितिर फर्केको हुनुपर्छ । त्यसमाथि परेलामा कालो मस्कारा लगाउने ।  आवश्यक छ भने परेलालाई लामो र बाक्लो बनाउनको लागि लैसेज पनि लगाउन सकिन्छ ।
परेला लामो भएमा कलरको प्रयोगबाट माथिको परेला माथिपट्टि र तलको परेला तलपट्टि घुमाउन सकिन्छ । तर, छोटो भएमा मस्कारा ब्रसबाटमात्र माथि फर्काउन बेस हुन्छ । अन्यथा घुम्रेर छोटो देखिन्छ । हल्का ग्लिटरयुक्त मस्कारा पनि टच गराउन सकिन्छ ।
गाजल कालो वा खैरो लगाउन सकिन्छ । साथै आँखीभौँलाई पनि हल्का खैरो कलरबाट भर्न सकिन्छ । यसप्रकारबाट आँखालाई मेकअप गरेर ग्ल्यामरस लुक दिन सकिन्छ ।
आँखाको मेकअप गर्नुपूर्व अनुहार र घाँटीको बेस राम्ररी तयार पार्नुपर्छ । तर, सफा र सुन्दर छाला छ भने बेस नलाइकनमात्र म्वइस्चराइजरमात्र लगाएर पनि आई मेकअप गर्न सकिन्छ । अन्यथा हल्का फाउन्डेसनमात्र प्रयोग गरे पुग्छ । ब्लसर पनि नेचुरल सेड लगाउँदा राम्रो हुन्छ ।
लिपिस्टिक रातो, वाइन कलर वा नेचुरल कलरमा पनि राम्रो हुन्छ । अथवा, लिप ग्लसमात्र लगाए पनि ओठ सुन्दर देखिन्छन् ।

आँखाको मेकअप गर्दा गुणस्तरीय, ब्रान्डेड, मिति नसकिएको सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । स्वास्थ्य र सौन्दर्यको हिसाबले ती राम्रा हुन्छन् ।

Leave A Comment