हजारौँलाई ‘मा¥यो’ फेसबुकले

आइतबार, ०५ मङि्सर २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
हजारौँलाई ‘मा¥यो’ फेसबुकले

गत साता फेसबुकले हजारौँ फेसबुक प्रयोगकर्ताको ‘हत्या’ गरेको भन्दै विभिन्न वेबसाइटले समाचार लेखे । अन्य हजारौँ वेबसाइटले ‘आफैँले मारेका हजारौँ फेसबुक प्रयोगकर्तालाई फेसबुकले पुनः बचायो’ पनि लेखे ।
भएको के थियो भने गत शुक्रवार हजारौँ फेसबुक प्रयोगकर्ताहरूको प्रोफाइलमा फेसबुकले ‘मेमोराइज्ड’ लेखिदियो । यस्तो कुरा फेसबुकले मृतक फेसबुक प्रयोगकर्ताको फेसबुक एकाउन्टमा मात्र लेख्ने गर्छ ।
तर, यसरी ‘मेमोराइज्ड’ लेखिएका फेसबुक प्रयोगकर्ता कोही पनि मरेका थिएनन् । आफ्नै फेसबुक एकाउन्टमा आफू मरेको सूचना पढ्दा उनीहरू झस्किएका थिए ।
यसरी नै झस्किएकी रोबिदा अब्देलाजिजले ट्वीटरमा लेखिन्, ‘फेसबुकले मेरो हत्या गरिदियो ।’
जीवितलाई फेसबुकले जथाभावी किन म¥यो भनी लेखेको भनी सोधिएका प्रश्नको जवाफमा फेसबुकले भन्यो, ‘शुक्रवार केही समयका लागि हामीबाट ठूलै गल्ती भयो । गल्तीले गर्दा केही प्रयोगकर्ताको प्रोफाइलमा ‘मेमोराइज्ड’ लेखिन गयो । गल्ती भएको थाहा पाउनासाथ हामीले तत्काल सच्याइहाल्यौँ ।’
फेसबुकले तत्काल गल्ती सच्याएकाले कतिपय फेसबुक युजरले त फेसबुकले केही समयसम्म आफूलाई दिवंगत बनाइदिएको सुइँकोसम्म पाएनन् ।

Leave A Comment