चिहान खन्ने प्रतियोगिता

सोमबार, ०६ मङि्सर २०७३, ११ : ३५ शुक्रवार , Kathmandu
चिहान खन्ने प्रतियोगिता

गत साता पूर्वी युरोपेली देश स्लोभाकियामा चिहान खन्नेहरूको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा भाग लिन स्लोभाकिया, पोल्यान्ड, हंगेरीलगायत देशबाट दुई जना सम्मिलित ११ समूहले भाग लिएका थिए ।
बेल्चा र फित्ता दिएर सबै समूहलाई एकसाथ छुट्टाछुट्टै चिहान खन्न लगाउने र सबैभन्दा राम्रो चिहान खन्नेलाई पुरस्कार दिने काम आयोजकले गरेको छ ।
‘पाँच फिट गहिरो, साढे छ फिट लामो र तीन फिट चौडा चिहान जुन समूहले चाँडै खन्छ, उसैलाई विजेता घोषणा गर्ने मापदण्ड आयोजकले गत वर्ष नै निर्धारण गरेको थियो,’ बेलायती पत्रिका ‘द गार्डियन’ले लेखेको छ ।
चिहान खन्ने पेशामा आबद्ध व्यक्तिलाई मनोरञ्जन प्रदान गर्न र यो पेशा कति अप्ठेरो रहेछ भन्ने महसुस सबैलाई गराउन हरेक वर्ष प्रतियोगिता आयोजना गर्न थालिएको आयोजक संस्थाका प्रवक्ता क्रिस्टियन स्ट्रिजले बताए । मृतकको अन्त्येष्टि गराउने संसारभरिका संघसंस्थाबीच अन्तरक्रिया गर्ने अवसर सिर्जना गर्नसमेत प्रतियोगिता गरिएको उनले उल्लेख गरे । प्रतियोगितामा स्लोभाकियाका लाडिस्लाभ र साबा क्लाडानले ५४ मिनेटमा सबैभन्दा राम्रो चिहान खनेर पुरस्कार जितेका थिए ।

Leave A Comment