नितम्ब स्पर्धा

बुधबार, ०८ मङि्सर २०७३, ११ : ०६ शुक्रवार , Kathmandu
नितम्ब स्पर्धा

दक्षिण अमेरिकी महादेशमा फेसन उद्योगप्रतिको आसक्ति नौलो होइन । ब्राजिलले फेसन उद्योगमा छ वर्षअघि सुरु गरेको नयाँ ट्रेन्डले यस वर्ष पनि निरन्तरता पाएको छ ।
ब्राजिलियन शहर साओ पाउलोमा गत साता छैटौँ ‘मिस बम बम पेजेन्ट’ आयोजना गरियो । यसमा ब्राजिलभरिका मोडलहरूले आएर क्याटवाक गर्दै पुट्ठा प्रदर्शन गरे । सबैभन्दा राम्रो नितम्ब भएकी मोडललाई विजेता घोषणा गरेपछि प्रतियोगिता समापन गरियो ।
प्रतियोगितामा इरिका कानेला नाम गरेकी मोडल विजयी भइन् । सहभागी मोडलमध्ये सर्वोत्कृष्ट नितम्ब भएकी भन्दै उनलाई मिस बम बम पेजेन्टको ताज पहि¥याइयो । उनलाई १५ हजार डलर र आकर्षक मोडलिङ कन्ट्र्याक्ट दिइयो । अश्वेत मूलकी उनले विजयी भएपछि भनिन्, ‘ब्राजिलियन सुन्दरता प्रदर्शन गर्न पाउँदा र यसमा विजयी हुन पाउँदा म असाध्यै खुशी भएकी छु ।’ आलोचकहरूले भने पुट्ठा हेरेर महिलाको सुन्दरता र हैसियत नाप्ने काम घृणित भएको भन्दै यसको विरोध गरेका छन् ।

Leave A Comment