सर्पको पेटमा अण्डाको रास

बुधबार, ०८ मङि्सर २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
सर्पको पेटमा अण्डाको रास

नाइजेरियाको एउटा गाउँमा गत साता किसानहरूले एउटा ठूलो सर्प मारे । सर्पको पेट अत्यधिक ठूलो देखिएपछि उनीहरूले सर्पले पशुचौपाया खाएको हुनसक्ने भन्दै सर्प मारेका थिए । सर्पलाई मारेर त्यसको पेट चिरेर हेरेपछि किसानहरू छक्क परेका थिए ।
सर्पको पेटमा कुनै जनावर थिएन । त्यहाँ करिब एक दर्जन ठूलठूला अण्डा थिए । किसानहरूले नमारेको भए केही सातापछि अण्डा पार्न सर्प ठिक्क परेर बसेको रहेछ ।
सर्पको पेटमा एकसाथ सय वटासम्म अण्डा अटाउन सक्छ । तर, नाइजेरियामा मारिएको सर्पको पेटमा भएका अण्डाका ठूला आकारले भने समाचारलाई रोचक बनाएको छ ।
सर्पको पेट चिर्दा अण्डा फेला परेपछि किसानहरू खुशी भएका थिए । उनीहरूले पेटको अण्डा लुछेर घर लगेका थिए । सर्पको अण्डाबाट बनेको परिकारलाई त्यहाँ निकै मीठो मानिन्छ ।

Leave A Comment