रिमेशको डकुमेन्ट्री अभियान

शुक्रबार, १० मङि्सर २०७३, १२ : १३ शुक्रवार , Kathmandu
रिमेशको डकुमेन्ट्री अभियान

फिल्म निर्माता तथा कलाकार रिमेश अधिकारी ऐतिहासिक विषयवस्तुमा आधारित डकुमेन्ट्री ‘देशले माग्दैन, दिनुपर्छ’ प्रदर्शनको अभियानमा छन् ।

झापापछि धरानमा प्रदर्शन गरिरहेका अधिकारी पृथ्वीनारायण शाहले टुक्राटुक्रा राज्य जोडेर निर्माण गरेको सिंगो नेपाललाई अहिले पुनः टुक्रा पार्ने खेल भएकाले त्यही घटनाक्रम डकुमेन्ट्रीमा प्रस्तुत गरिएको बताउँछन् । आफ्ना लक्षित दर्शक स्कुले विद्यार्थी भएको उनी बताउँछन् । पाठ्य पुस्तकमा उल्लेख भएका नेपालको इतिहासमा आधारित डकुमेन्ट्री भएकाले विद्यार्थीहरूले जानकारीका लागि पनि हेर्नुपर्ने निर्देशक अधिकारीको भनाइ छ । डकुमेन्ट्रीमा नालापानीमा नेपाली वीरयोद्धाहरूले लडेको इतिहासलाई सचित्र प्रस्तुत गरिएको र यसबाट विद्यार्थी साथै सबै नेपालीले धेरै ज्ञान पाउने आयोजक रंगभूमि कलालयका निर्देशक कलाकार विष्णु मोक्तान बताउँछन् । डकुमेन्ट्री धरानको गणेश टाकिजमा एक सातासम्म हरेक दिन एक शो चल्ने आयोजकले जनाएको छ ।

Leave A Comment