ट्रम्पविरोधी द्विलिंगी लरेन

सोमबार, १३ मङि्सर २०७३, ११ : २२ शुक्रवार , Kathmandu
ट्रम्पविरोधी द्विलिंगी लरेन

अमेरिकी गायिका लरेन जुरेगीले आफू बाइसेक्सुअल भएको स्विकारेकी छिन् । बाइसेक्सुअलले पुरुष र महिला दुवैसँग शारीरिक सम्बन्ध बनाउँछन् ।
सञ्चारमाध्यममा प्रकाशित एउटा खुलापत्रमा उनले यस्तो खुलासा गरेकी हुन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी डोनाल्ड ट्रम्प समलिंगीविरोधी हुन् । खुलापत्रमा उनले ट्रम्पलाई भोट दिई जिताउनेहरूको समेत निन्दा गरेकी छिन् ।
‘म बाइसेक्सुअल हुँ र यसप्रति मलाई गर्व छ । एकअर्कालाई प्रेम गर्ने र सहयोग गर्ने बाइसेक्सुअल समुदायको म सदस्य हुँ,’ उनले भनिन् । यस्तो र यस्तै खालको सम्बन्धको विरोधमा विचार व्यक्त गर्ने ट्रम्पलाई भोट दिई जिताउनेहरूलाई आफूले सदैव आलोचना गर्नेसमेत उनले बताएकी छिन् ।

Leave A Comment