चिलिबोगालाई १० वर्ष जेल सजाय

बुधबार, १५ मङि्सर २०७३, १० : ३१ शुक्रवार , Kathmandu
चिलिबोगालाई १० वर्ष जेल सजाय

इक्वेडर फुटबल संघका पूर्वअध्यक्ष लुइस चिलिबोगालाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । चिलिबोगाले भ्रष्टाचार गरेको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले उनीमाथि अनुसन्धान गरिरहेको छ ।  १८ वर्ष इक्वेडर फुटबल संघमा नेतृत्व गरेका ६५ वर्षीय चिलिबोगालाई इक्वेडर प्रहरीले एक वर्षअघि पक्राउ गरेर नजरबन्दमा राखेको थियो । उनले ६ अर्ब २० करोेड अमेरिकी डलर बराबरको रकम भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । चिलिबोगाका वकिलले अदालतको आदेशविरुद्ध अपिल गर्ने बताएका छन् ।
चिलिबोगालाई भ्रष्टाचार गर्न सहयोग गरेको आरोपमा इक्वेडर फुटबल संघका पदाधिकारी हुगो मोरालाई १० वर्ष र पेड्रो भेरालाई ४० महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अमेरिका र उत्तर अमेरिकी क्षेत्रमा प्रसारण अधिकार दिने विषयमा उनीहरूले घुस लिएका थिए ।

Leave A Comment