खानासँग सेक्स साट्न खोज्दा

बुधबार, १५ मङि्सर २०७३, १० : ३७ शुक्रवार , Kathmandu
खानासँग सेक्स साट्न खोज्दा

खानासँग सेक्स साट्न अनलाइनमा मोलमोलाइ गर्ने एक युवतीलाई अमेरिकामा पक्राउ गरिएको छ । अमेरिकी राज्य ओहियोकी क्रिस्टल हट्लोस्ज नाम गरेकी युवतीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।
‘योङ टाउन ब्ल्याक पेज डट कम’मार्फत उनले ६० डलर र नाचोस नाम गरेको खाद्य परिकारसँग सेक्स साट्ने प्रस्ताव विभिन्न व्यक्तिसँग राखिरहेकी रहिछन् । ओहियोको कुनै रेस्टुरेन्टमा नाचोस किनिदिए र भनेजति रकम दिए रेस्टुरेन्टकै पार्किङ लटमा सेक्सको आनन्द दिने प्रस्ताव उनले विभिन्न मानिससँग राखेकी रहिछन्,’ समाचारमा भनिएको छ ।
पक्राउ गर्न गएका प्रहरीसँग पनि उनले ‘तपाईंहरूसँग नाचोस छ’ भनी सोधेकी रहिछन् । ‘उनलाई नाचोस खाने रहर असाध्यै लागेको बुझिन्छ,’ एक प्रहरी अधिकरीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

Leave A Comment