मनसुन टिप्स

बुधबार, ०८ असार २०७३, ११ : ३४ शुक्रवार , Kathmandu
मनसुन टिप्स

#  बर्सातमा तल लगाउने लुगा सधैँ गाढा रङको प्रयोग गर्नुपर्छ । किनकि, चम्किला रङका लुगामा हिलोमाटो, फोहोर छिट्टै लाग्ने र देखिने गर्छ । जसले गर्दा लुगा मैलो देखिन्छ ।
#  बर्सातमा सिल्क फेब्रिकको प्रयोग गर्नु  हुँदैन । यो फेब्रिक भिजेपछि चाँडै सुक्दैन ।
#  यो मौसममा हाइहिलका जुत्ताको प्रयोग गर्नुहुन्न ।
#  बर्सातमा वाटर प्रुफ मेकअप गर्नुपर्छ ।
#  फ्लेयर्स स्कर्टको साटो पेन्सिल स्कर्ट लगाउनुपर्छ ।
#  लेदरबाट बनेका जुत्ता, ब्याग, बेल्ट, ज्याकेटको प्रयोग गर्नु हुँदैन ।

मनसुन पहिरनः सर्ट, जम्पसुट, पेन्सिल स्कर्ट, हाइवेस्ट ट्राउजर, हाफ प्यान्ट ।
मनसुन रङः रातो, गुलाबी, पहेँलो, हरियो ।
मनसुन फुटवेयर्सः फ्ल्याट चप्पल, रबर बुट्स, फ्लिपफ्लप्स ।
मनसुन एक्सेसरिजः  प्लास्टिक इयरिङ्स, बेल्ट, ब्याग ।
छाताः ट्रान्सपेरेन्ट, फ्लोरल, एथनिक छाता ।

बर्सातमा छालाको स्याहार
अन्य मौसमजस्तै बर्सातमा पनि छालाका स्याहार गर्नु आवश्यक छ । बर्सातमा क्लिजिङ, टोनिङ, म्वाइस्चराइजिङ र कन्डिसनिङलाई दिनचर्यामा सामेल गर्नुपर्छ । किनकि, यस मौसममा तैलीय ग्रन्थी बढी सक्रिय हुन्छन् । तिनलाई नियन्त्रण गर्न दिनको दुई पटक अनुहारलाई टोनरले सफा गर्नुपर्छ । मृत कोशिका हटाउन स्क्रब गर्नु जरुरी हुन्छ । छालाको चमकपन कायम राख्न खानपिनमा ध्यान दिनुपर्छ ।
बर्सातको मौसममा भुटेको, तारेको र मसलादार खान खानु हुँदैन । यस्तो खाना खाँदा अनुहारमा डन्डीफोर आउने डर हुन्छ । चिल्लोपिरो खानाको साटो हरियो सागपात, फलफूल र जुस खानु राम्रो हो ।
जयन सुब्बा मानन्धर

 

Leave A Comment