एउटै घरमा १ सय ८१ सदस्य

शुक्रबार, १७ मङि्सर २०७३, १० : ०५ शुक्रवार , Kathmandu
एउटै घरमा १ सय ८१ सदस्य

एउटा घरमा चारपाँच जना मानिस बस्दा अनेक समस्या उत्पन्न  हुने गर्छ । एउटै घरमा धेरै मानिस बस्दा खानेपानी अभाव, ढल निकास र फोहोर व्यवस्थापमा समस्या, झैझगडा आदि हुने गर्छन् । यति हुँदाहुँदै पनि एउटै घरमा १ सय ८१ जना मानिस बस्छन् भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, भारतको मिजोरममा साँच्चिकै एउटा यस्तो घर छ ।
मिजोरमको बख्तवाङ गाउँमा रहेको यो घरका मालिक हुन्, डेड जिओना । अरू मानिस भाडामा बस्न आएर उनको घरमा बस्ने मानिसको संख्या बढेको होइन । उनको परिवार नै यति ठूलो छ ।
उनका ३९ जना श्रीमती, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना छन् । कुल गरेर उनको घरमा १ सय ८१ सदस्य छन् । घरका सबै सदस्य एउटै घरमा बस्छन् । चारतले उनको घरमा जम्मा एक सय वटा कोठा छन् ।
जिओनाले १७ वर्षको उमरमा पहिलोपटक बिहे गरेका थिए । त्यसपछि बिहे गर्ने क्रमलाई उनले वर्षौंसम्म जारी राखे । अन्ततः आफ्नो परिवारलाई यति ठूलो बनाए । अहिले उनी ६७ वर्षका भए ।
यति ठूलो परिवारलाई खाना पनि एउटै भान्छामा पकाउने गरिन्छ । ‘यो परिवारले एक दिनमा ३० किलो कुखुराको मासु, ६० किलो आलु र सय किलो चामल खाने गरेको छ,’ समाचारमा भनिएको छ । 

Leave A Comment