जेरार्डको सन्न्यास

शुक्रबार, १७ मङि्सर २०७३, १० : २४ शुक्रवार , Kathmandu
जेरार्डको सन्न्यास

लिभरपुल र इंग्ल्यान्डका पूर्वकप्तान स्टेभेन जेरार्डले खेल जीवनबाट सन्न्यास लिएका छन् । अमेरिकन सकर लिग एलए ग्यालेक्सीसँगको १८ महिने सम्झौता सकिएलगत्तै ३७ वर्षे जेरार्डले सन्न्यासको घोषणा गरेका हुन् । १७ वर्ष इंग्लिस क्लब लिभरपुलमा बिताएका उनी १२ वर्ष कप्तान रहे । सन् २००५ मा लिभरपुललाई च्याम्पियन्स लिग उपाधि जिताएका जेरार्डले राष्ट्रिय र क्लबस्तरीय फुटबल जीवन गर्वयोग्य रहेको बताए । ‘मेरा सबैजसो समकक्षीले सन्न्यास लिइसकेका छन्,’ जेरार्डले भने, ‘तर, मलाई आजको दिनमा खेल जीवन त्याग्दा पनि नरमाइलो लागिरहेको छ ।’
इंग्ल्यान्डका लागि १ सय १४ खेलमा २१ गोल गरेका जेरार्डले लिभरपुलका लागि ५ सय ४ खेलमा १ सय २० गोल गरेका छन् । डेढ वर्षमा एलए ग्यालेक्सीबाट खेलेका ३४ खेलमा उनले ५ गोल गरे ।

 

Leave A Comment