नांगै खेदिए प्रेमी

शनिबार, १८ मङि्सर २०७३, ०३ : २६ शुक्रवार , Kathmandu
नांगै खेदिए प्रेमी

अहिले रुसमा जाडो बढेको छ । यस्तोमा एक युवतीले प्रेमीलाई नांगै घरबाहिर निकालिदिएकी छिन् । प्रेमिकाले नांगै घरबाहिर निकालिदिएपछि जाडोले तड्पिँदै ती प्रेमी अन्धाधुन्ध कुदेको भिडियो अहिले अनलाइनतिर भाइरल भइरहेको छ ।
यो घटना रुसको इर्कुत्स्क शहरमा भएको हो । बेलायती पत्रिका मिररका अनुसार ती युवक प्रेमिकाको घरमा उनीसँग रोमान्स गर्दै थिए । ‘सेक्सका क्रममा ती पुरुषको प्रस्तुति प्रेमिकालाई मन परेनछ । ओछ्यानबाट जुरुक्क उठेर उनले प्रेमीलाई ढोकासम्म ल्याइछन् र बाहिर धकेलिदिएर ढोका बन्दा गरिछन्,’ समाचारमा भनिएको छ ।
नांगै बाहिर निकालिदिएपछि जाडोले काम्दै ती पुरुष कुद्दै गर्दा बाटोछेउ गाडी रोकेर बसेका एक प्रहरीले उनलाई हिटरजडित गाडीमा हालेर बचाएका थिए । ती प्रहरीले जाडोमा नांगै कुद्दै गरेका ती प्रेमीको भिडियो खिचेका थिए, जुन अहिले भाइरल भइरहेको छ ।

 

Leave A Comment