युवाको रात्री जीवन

बुधबार, १५ बैशाख २०७३, ०७ : ३९
युवाको रात्री जीवन

युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए।

र्याप ब्याटलबाटै युवाबीच चर्चित लाउरे गएको भ्यालेन्टाइन्स डेमा धरानका युवाहरूलाई मनोरञ्जन दिइरहेका थिए । धरानको हुक्पाचोङवाङ रिसोर्टमा भेला भएका युवायुवती मध्यरातसम्म लाउरेसँग नाचे, गाए र रमाए । त्यसो त अहिले हरेक साताजसो धरानका युवायुवती औपचारिक कार्यक्रम नै गरेर नाच्ने, गाउने र मस्ती गर्ने गरेका छन् । पहिला केही युवाले धरानमा नाइट कल्चर विकास गर्न खोजे पनि सोचेजस्तो माहोल नहुँदा उनीहरूको प्रयास लामो समय टिक्न सकेन । तर, अहिले धराने युवायुवती नै नाइट कल्चरमा रमाउन थालेपछि धमाधम क्लब, बार र रेस्टुरेन्ट खुलिरहेका छन् ।
2
कुनै समय खुला डान्सपार्टी धेरै हुने धरानमा केही समययता त्यस्ता पार्टीको संख्या घटेको छ । तर, त्यसको ठाउँ धमाधम खुल्दै गएका नाइट क्लबहरूले लिदैछन् । धरानमा काठमाडौँ वा पोखराजस्तो बाह्य पर्यटकको चाप छैन । त्यसैले पनि पहिला नाइट कल्चर फस्टाएको थिएन । तर, पछिल्लो समय देशविदेश घुमेका धरानेहरू नै नाइट कल्चरको खोजीमा लागेपछि धमाधम क्लब, बार, दोहोरी खुल्न थालेका छन् । पहिला नाइट कल्चर फस्टाउने आशामा खुलेका केही क्लब र दोहोरी देशको राजनीतिक कारण चल्न नसकेर बन्द भएका थिए । तर, देश शान्ति मार्गमा लागेपछि अहिले धमाधम क्लब, डान्स बार, दोहोरी साँझ, नाइट रेस्टुरेन्ट खुल्न थालेका छन् अनि त्यहाँ युवायुवतीको चाप पनि बढ्दो छ ।

धरानमा हालै खुलेको क्लब डोमले हरेक साता युवायुवतीलाई नचाउन कार्यक्रम आयोजना गर्दै आएको छ । डिजे डबल बीले सञ्चालनमा ल्याएको यो क्लबले पछिल्लो समय युवायुवतीलाई लक्षित गर्दै हरेक हप्ता पार्टी गर्ने गरेको छ भने केही वर्षअघिदेखि डिजे ललितले सञ्चालन गरिरहेको क्लबमा पनि युवायुवतीको पार्टी जम्ने गरेको छ । धराने युवापुस्ताबीच नाइट कल्चरको माग बढिरहेको बेला धरानमा केही समयअघि डान्सबार खुलेको छ । धरान ९मा खुलेको डान्सबारमा पनि युवायुवतीको राम्रै उपस्थिति देखिन्छ । धरान ९मै खुलेको दोहोरी साँझमा पनि नाच्ने गाउनेको हरेक रात भीड लाग्छ भने ब्यान्डहरूको लाइभ प्रस्तुति हुने मालिङ्गोलगायत रेस्टुरेन्टमा पनि संगीतप्रेमीको बाक्लै भीड लाग्छ । धरानको नाइट कल्चर विकास गर्न सक्रिय डिजे डबल बी धरानमा बल्ल नाइट कल्चरको महत्व युवापुस्ताले बुझ्न थालेको बताउँछन् । भन्छन्, 'अहिलेको पुस्ता नाइट लाइ्फमा रमाउन चाहन्छ । अब धरानका लागि पहिलाजस्तो समय छैन ।'
3
लामो समयदेखि नाइट क्लब चलाउँदै आएका ललित राईको अनुभवमा सुरुका दिनमा नाइट कल्चरप्रति समाजको पनि खासै सहयोग थिएन । प्रहरी प्रशासनले पनि गलत नजरले मात्र हेर्ने ग¥थ्यो । तर, अहिले दिनभरिको थकान मेटाउन पनि नाइट कल्चरमा रमाउन चाहन्छ शहरिया युवापुस्ता । ललित भन्छन्, 'पहिलाभन्दा समाजले पनि नाइट लाइफको महत्व बुझ्न थालेको छ । युवापुस्ताले समाजलाई गलत असर नपर्ने हिसाबले अगाडि बढाए नाइट कल्चरले व्यावसायिक रूप लिन सक्छ । यसले युवापुस्तालाई रमाउन सहज हुन्छ ।'

Leave A Comment