रकेटजस्तो ट्रेन

आइतबार, १९ मङि्सर २०७३, १० : ०७ शुक्रवार , Kathmandu
रकेटजस्तो ट्रेन

काठमाडौँबाट बुटवल करिब अढाई सय किलोमिटर पर छ । तर, गाडीमा काठमाडौँबाट हिँडेको करिब १० घण्टामा मात्रै बुटवल पुगिन्छ । एक घण्टामै तीन पटक बुटवल–काठमाडौँ ओहोरदोहोर गर्न सम्भव छ भनी कसैले भन्यो भने हाम्रो जवाफ हुनसक्छ– रकेटमा यात्रा गरियो भने मात्र यो सम्भव होला । तर होइन, यति चाँडै यात्रा गराउने रेल यूएईको राजधानी दुबईमा सञ्चालन हुन लागेको छ ।
दुबईमा सञ्चालन हुन लागेको ‘सुपरसोनिक हाइपरलुप’ नाम दिइएको यो रेल प्रतिघण्टा १४ सय किलोमिटरको गतिमा कुद्छ । यस्तो रेल सञ्चालन गर्ने विषयमा दुबईको यातायात विभाग र अमेरिकास्थित लस एन्जलस कम्पनीबीच सम्झौता भएर कामसमेत अघि बढिसकेको छ । रेल सञ्चालमा आएपछि दुबईबाट अबुधाबी पुग्न १२ मिनेटमात्रै लाग्नेछ । यो रेल सञ्चालनमा आएपछि यसलाई यातायातको दुनियाँमा अभूतपूर्व सफलताका रूपमा लिइने निश्चित रहेको समाचारमा जनाइएको छ ।

Leave A Comment