गुडिया बन्ने धोको

बुधबार, २२ मङि्सर २०७३, १० : ०६ शुक्रवार , Kathmandu
गुडिया बन्ने धोको

आफ्नो शरीर आकर्षक बनाउने धोको सबैको हुन्छ । तर, स्विडेनकी एक जना मोडलले यस्तो धोको पूरा गर्न अनेक कष्ट सहेकी छिन् । तर, पनि भनेजस्तो फिगर नबनेको भन्दै उनी अझै कष्ट सहने तयारी गरिरहेकी छिन् ।
पिक्सी फक्स नाम गरेकी मोडल सानैदेखि गुडियाजस्तो चिटिक्क परेको देखिन चाहन्थिइन् । यसका लागि उपयुक्त हुने गरी कम्मर, हिप, स्तन आदिलाई आकार दिने गरी उनले अहिलेसम्म सय पटक शल्यक्रिया गराइसकेकी छिन् ।
‘शल्यक्रिया गरेर उनले आफूलाई साँच्चिकै गुडियाजस्तो चिटिक्क बनाइसकेकी छिन् । उनको कम्मर १६ इन्चको मात्र छ । शल्यक्रिया गरेर उनले आफ्ना आँखालाई निलो रङसमेत प्रदान गरिसकेकी छिन् । त्यस्तै, ओठ, नाक आदिको शल्यक्रिया पनि गराइसकेकी छिन् । तर, पनि उनको धोको अझै पूरा भएको छैन । ठ्याक्कै आफूले सोचेजस्तै फिगर बनाउन उनले थप शल्यक्रिया गर्ने चाहना व्यक्त गर्ने गरेकी छिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment