पोर्नाेग्राफीको प्रभाव

शनिबार, २५ मङि्सर २०७३, १० : ३० शुक्रवार , Kathmandu
पोर्नाेग्राफीको प्रभाव

बेलायती नागरिकमाझ गुदा मैथुन गर्नेहरूको संख्या बढेकोमा बेलायत सरकारले चिन्ता व्यक्त गरेको छ । खास गरी युवा पुस्ताका बेलायतीमाझ गुदा मैथुन गर्ने क्रम बढेको भन्दै सरकारले चिन्ता व्यक्त गरेको हो ।
पछिल्ला केही अनुसन्धानले यस्तो खालको मैथुन युवतीका निम्ति आनन्ददायक नरहेको निष्कर्ष निकालेका थिए । यति हुँदाहुँदै पनि गुदा मैथुन गर्ने क्रम बढेको भन्दै बेलायतको संस्कृति, सञ्चार तथा खेलकुद विभागले चिन्ता व्यक्त गरेको हो ।
‘पोर्नोग्राफी हेरेका भरमा युवा पुस्ता गुदा मैथुनतिर आकर्षित हुँदै गइरहेको पाइएको छ । अब यसलाई निरुत्साहित गर्न अनलाइन पोर्नोग्राफीमाथि थप प्रतिबन्ध लगाउनु नितान्त आवश्यक भइसकेको छ,’ विभागले परामर्शका निम्ति जारी गरेको दस्तावेजमा उल्लेख छ । 

Leave A Comment