कार्डबाट मन्दिरलाई भेटी

शनिबार, २५ मङि्सर २०७३, १० : ४७ शुक्रवार , Kathmandu
कार्डबाट मन्दिरलाई भेटी

पाँच सय र हजार रुपैयाँका नोटलाई विमुद्रीकृत गरिएपछि भारतभरि पैसाको अभाव भएको छ । बैंकमा करोडौँ ब्यालेन्स हुनेको हातमा अहिले केही हजार पनि छैन । तर, जस्तै संकटको बेला पनि दानदातव्यबाट पछि हट्नु हुँदैन भन्ने मान्यतामा आधारित भएर भारतका मठमन्दिरमा दान गर्न चाहने भक्तले सीधै पैसा दान गर्नुको सट्टा कार्ड स्वाइप गरेर बैंकमार्फत भेटी चढाउन सक्ने बन्दोबस्त मिलाइएको छ ।
भारतका विभिन्न राज्यका मठमन्दिरमा भक्तजनलाई लक्ष्य गरेर कार्ड स्वाइप मिसिन जडान गरिएको छ । यस्तोमा गत साता गुजरातका मुख्यमन्त्री विजय रुपनीले त्यहाँको अम्बाजी मन्दिरमा कार्ड स्वाइप गरेर ३१ हजार रुपैयाँ देवीको नाममा चढाएका छन् । देवीको सो मन्दिरमा जडान गरिएको कार्ड स्वाइप मेसिनको उद्घाटन गर्ने क्रममा उनले यसरी पैसा चढाएका हुन् ।

Leave A Comment