दाह्रीमा मौरी

आइतबार, २६ मङि्सर २०७३, १० : ०२ शुक्रवार , Kathmandu
दाह्रीमा मौरी

इस्लाम धर्म मान्ने पुरुषले दाह्री पाल्न गौरव गर्छन् । इजिप्टका मोहम्मद हग्रासको अनुहारमा अरूहरूको जस्तो दाह्री छैन । तापनि, उनको दाह्रीबारे अहिले सर्वत्र चर्चा भइरहेको छ ।
चर्चा हुनुको कारण छ । उनको चिउँडोमा रौँको नभई मौरीबाट बनेको दाह्री जो छ । चिउँडोमा रहेको मौरीबाट निर्मित दाह्रीका कारण उनी अहिले सामाजिक सञ्जालमा छाइरहेका छन् ।
उनको गालामा मौरी स्वतः आएर बसेका कारण यसरी दाह्री बनेको होइन । ‘मैले एउटा सानो बट्टामा पोथी मौरीले निकाल्ने रसायनलाई चिउँडोमा बाँध्ने गरेको छु । रसायनको गन्धका कारण बाँकी मौरीलाई मेरो चिउँडोमा पोथी मौरी छे भन्ने लाग्दो रहेछ । त्यही भएर मौरीहरू झ्याम्मिँदै मेरो चिउँडोतिर आउँछन् र खप्टिएर बस्छन् । यो दाह्री यसै गरी बनेको हो,’ उनले भने ।

Leave A Comment