अजिंगरको पेटमा तीनटा मृग

सोमबार, २७ मङि्सर २०७३, ०९ : ३९ शुक्रवार , Kathmandu
अजिंगरको पेटमा तीनटा मृग

एउटा अजिंगरको पेटमा तीनटा मृग फेला परेको कुरा अपत्यारिलो सुनिन्छ । तर, यो सत्य हो ।अमेरिकी राज्य फ्लोरिडामा १६ फिट लामो एउटा अजिंगरको पेटमा तीनटा अवशेष फेला परेको हो । पेटमा यति धेरै खाना भएका कारण हिँड्न नसकेर थलिएको अजिंगरलाई त्यहाँका सरकारी जीववैज्ञानिकले फेला पारेका थिए । अजीर्ण भएका कारण अजिंगर बाँच्न नसक्ने र जिवित रहुञ्जेल पनि असाध्यै पीडामा रहने देखिएपछि जीववैज्ञानिकहरूले इन्जेक्सन लगाएर अजिंगरको मृत्युलाई सहज बनाइदिएका थिए ।
‘पेट चिरेर हेर्दा त्यहाँ तीनटा मृगका अवशेष रहेछन् । यी तीनवटा मृृगलाई उसले विगत तीन महिनाभित्रमा खाएको रहेछ । अहिलेसम्म यति सानो अवधिमा कुनै पनि अजिंगरले यति विशाल भोजन गरेको पाइएको थिएन । यही भोजन उसको मृत्युको कारण बन्यो,’ एकजना जीववैज्ञानिकलाई समाचारमा उद्धृत गरिएको छ ।

Leave A Comment