यसरी पनि मानव तस्करी

बुधबार, २९ मङि्सर २०७३, १० : २५ शुक्रवार , Kathmandu
यसरी पनि मानव तस्करी

मालवाहक गाडी, माछा–मासु बोकेको पानीजहाज आदिमा चढाएर गरिब देशका मानिसलाई धनी देशमा तस्करी गरिनेबारे बेलाबेलामा सुन्दै आइएको छ । तर, अहिलेसम्म नसुनिएको तस्करी गर्ने तरिका हालसालै सार्वजनिक भएको छ ।
मेक्सिकोबाट एक व्यक्तिलाई गैरकानुनी रूपमा अमेरिका भिœयाउँदै गरेको अवस्थामा फेला पारिएको छ । मेक्सिकोबाट अमेरिकातिर जाने एउटा कारको सिटको पछाडिपट्टि सुत्ने ठाउँ बनाएर मेक्सिकोका एक मानिसलाई सुताएर सिटको खोल ओडाइएको थियो । झट्ट हेर्दा खोल लगाएको सिट मात्र देखिन्थ्यो । मानिस देखिँदैन थियो ।
मेक्सिकोबाट अमेरिका छिर्ने बेलामा सीमावर्ती क्षेत्रमा परिचालित अमेरिकी सुरक्षाकर्मीले गाडी निरीक्षण गर्दा सिटभित्र मानिस लुकेको पत्तै पाएनन् । तर, अर्को लेयरमा परिचालित अमेरिकी सुरक्षाकर्मीको नजरबाट सिटभित्र लुकेका मेक्सिकन बच्न सकेनन् र उनलाई उनकै देश फिर्ता पठाइयो ।  

 

Leave A Comment