१९ औँ शताब्दीकी एक्ली साक्षी

बुधबार, २९ मङि्सर २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
१९ औँ शताब्दीकी एक्ली साक्षी

१९ औँ शताब्दी कस्तो थियो भन्नेबारे बुझ्न किताब पढ्नैपर्ने हुन्छ । किनकि, त्यतिबेलाको कुरा संस्मरणका आधारमा भन्न सक्ने मानिस फेला पार्न सकिन्न । सौभाग्यवश, १९ औँ शताब्दीमा जन्मिएकी एक जना महिला अझै जीवित छिन् । यद्यपि, उनी पनि पनि १९औं शताब्दीको किस्सा सुनाउन सक्दिनन् । किनकि, १९ औँ शताब्दी बित्न लाग्दा उनी जन्मिएकी थिइन् ।
ती महिला हुन्, इटालीकी १ सय १७ वर्षीया एमा । उनी सन् १८९९ मा जन्मिएकी थिइन् । गत साता उनले परिवारका सदस्यमाझ जन्मदिवस मनाइन् । गिनिज बुकले समेत उनलाई अहिलेसम्मकै सबैभन्दा बढी उमेरकी महिलाको मान्यता दिइसकेको छ ।
एमा इटालीको वेरबेनिया शहरमा बस्छिन् । हरेक दिन अण्डा र कुकिज खाएका कारण यति लामो अवधिसम्म आफू बाँचेको उनी बताउँछिन् । ‘म २० वर्षकी छँदा मलाई रक्तअल्पता भएर निकै गाह्रो भएको थियो । त्यसपछि मैले हरेक दिन अण्डा खान सुरु गरेँ । त्यसयता कुनै दिन पनि अण्डा खान छुटाएको छैन । मलाई कुकिज पनि असाध्यै मन पर्ने भएकाले कुकिज खान पनि छुटाएको छैन,’ उनले भनिन् ।

Leave A Comment