स्कर्ट लगाउन बाबुको अनुमति चाहिने

शुक्रबार, ०१ पुष २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
स्कर्ट लगाउन बाबुको अनुमति चाहिने

छोटो पहिरन लगाउनु व्यक्तिको इच्छाको कुरा हो । तर, बेल्जियममा कुनै महिलाले चाहेर मात्रै छोटो पहिरन लगाउन पाउँदिनन् । यसका लागि उनले बाबुबाट लिखित अनुमति लिनुपर्छ ।
सन् १८८९ को डिसेम्बरमा एउटा कानुन बनेको थियो, जसमा घुँडाभन्दा चार इन्च माथिसम्म आउने पहिरन लगाउनुअघि कुनै पनि युवतीले बाबुको लिखित अनुमति लिनुपथ्र्यो ।
सन् २००० मा आएर सो कानुन संशोधन भयो । ‘तर पनि महिलाहरूको भलाइका लागि भन्दै छोटो पहिरन लगाउनुअघि बाबुको लिखित अनुमति लिनुपर्ने प्रावधानलाई संशोधित ऐनमा पनि निरन्तरता दिइयो,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment