बिहेको कार्डमा खाता नम्बर

शनिबार, ०२ पुष २०७३, १० : ०४ शुक्रवार , Kathmandu
बिहेको कार्डमा खाता नम्बर

भारतमा पाँच सय र हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लागेपछि यसले भारतीय जनताको दैनिकी, रहनसहन र संस्कृतिमै परिवर्तन ल्याइदिन थालेको छ । नोटमाथिको यस्तो प्रतिबन्धको प्रभाव विवाहअघि बाँडिने निमन्त्रणा कार्डमा समेत परेको छ ।
भारतीय राज्य उत्तर प्रदेशको बलन्दशहरनिवासी डिसी गुप्ताले छोरी खुश्बुको बिहेको कार्डमा आफ्नो  बैंक खाता नम्बरसमेत छपाएका छन् । बिहेमा सहभागी भएर छोरीको नाममा नगदलगायत उपहार दिनेहरूको सहजताका लागि भन्दै उनले बिहेको कार्डमै खाता नम्बर छपाएका हुन् ।
पाँच सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि अहिले बैंकमा टन्नै पैसा हुनेहरूलाई पनि पैसाको खडेरी परेको छ । किनकि, प्रतिदिन निश्चित हजार रुपैयाँ मात्रै बैंकबाट निकाल्न पाइन्छ । पैसाको यस्तो खडेरीका बीच हुने बिहेमा सहभागी हुनेलाई नगद उपहार दिन कठिन हुने देखेर बेहुलीका बाबु डिसी गुप्ताले यस्तो उपाय गरेको समाचारमा जनाइएको छ । ‘बिहेका लागि आवश्यक किनमेल सबै हामीले चेकबाटै ग¥यौँ । अब सबै कारोबार बैंकबाट गर्नुको विकल्प रहेन,’ उनले भने ।

Leave A Comment