प्रेमीले चुमेपछि मृत्यु

बुधबार, ०८ असार २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
प्रेमीले चुमेपछि मृत्यु

चुम्बन पनि कसैको मृत्युको कारण बन्न सक्छ ? यस्तो हुँदैन । तर, क्यानडाको मन्ट्रियल एउटा यस्तो घटना भएको छ । त्यहाँकी एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन् । उनको नाम मिरियम थियो । र, यो घटना सन् २०१२ को थियो ।

२० वर्षीया मिरियम डुक्रेलाई बदामसँग एलर्जी थियो । चुम्बन गर्नुअघि प्रेमीले बदामको नौनी भएको स्यान्डविच खाएका थिए । जसका कारण मिरिमयको मृत्यु भयो ।

उनीहरू एक पार्टीमा गएका थिए । त्यहीँ प्रेमीले मिरियमलाई चुम्बन गरेका थिए । उनकी आमा मिसेलिनका अनुसार उनीहरूको प्रेम नयाँ थियो । प्रेमीलाई मिरियमले आफूलाई बदामसँग एलर्जी भएको बताउन पनि भ्याएकी थिइनन् ।
पार्टीमा मिरियमका ब्वाइफ्रेन्डले बदामको बटरयुक्त स्यान्डविच खाएका थिए । उनले चुम्बन गरेपछि मिरियमको अवस्था खराब भयो । उनलाई सास लिन गाह्रो भयो । त्यसबेला उनीसँग आपत्कालीन अवस्थामा चाहिने औषधि पनि थिएन । मिरियमले ब्वाइफ्रेन्डसँग सोधिन्, ‘तिमीले बदाम खाएको हो ?’ उनले ‘हो’ भने ।
मिरियमलाई तत्काल अस्पताल पु¥याइएको थियो । डाक्टरहरूले उनलाई बचाउन पर्याप्त कोसिस गरे तर सेरेब्रल एनोक्सियाका कारण उनको मृत्यु भयो । उनको मस्तिष्कमा अक्सिजनको पूर्ति बन्द भएको थियो । ब्वाइफ्रेन्डलाई एक चुम्बनका कारण आफ्नी प्रेमिकाको ज्यान गएकोमा ठूलो पछुतो र दुःख भएको थियो ।

Leave A Comment