गुरुको अर्ती

शनिबार, ०२ पुष २०७३, १० : ३५ शुक्रवार , Kathmandu
गुरुको अर्ती

ई. सुजन माका, प्रिन्सिपल

ख्वपः इन्जिनियरिङ कलेज, भक्तपुर

-विद्यार्थीले पढाइसम्बन्धी कुनै पनि निर्णय गर्दा आफ्ना गुरु तथा अभिभावकसँग सरसल्लाह लिनुपर्छ ।

-आफ्नो रुचि र क्षमताअनुसार विषय छनोट गर्नुपर्छ ।

-तालिका बनाएर पढ्ने बानीको विकास गर्नुपर्छ ।

-हरेक दिन आफूले सिकेका नयाँ कुराको संक्षेप डायरी बनाउने बानी गर्नुपर्छ । यसले सिकेका कुरालाई स्मरण गराउँछ र एक प्रकारको नोट पनि बन्छ ।

-पढाइमै रमाउन सिक्नुपर्छ । घुम्ने, फिल्म हेर्ने, खेल्ने मात्र मनोरञ्जन होइन । पढाइमा रमाउनु पनि एक प्रकारको मनोरञ्जन हो ।

-पढ्नुभन्दा पढाउँदा बढी कुरा बुझिन्छ । त्यसैले आफूले जानेका कुरा साथीहरूलाई पनि सिकाउनुपर्छ । यसले आफू पनि स्पष्ट भइन्छ ।

-इन्टरनेटलाई पनि अध्ययनसँग जोड्न सकिन्छ । विद्यार्थीले इन्टरनेटको प्रयोग मात्र होइन सदुपयोग गर्ने हो ।

-पढ्नका लागि इच्छा, चाहना र मेहनत आवश्यक पर्छ ।

-शिक्षकले पढाउँदा निकै ध्यान दिनुपर्छ ।

-शिक्षक तथा साथीहरूसँग सोध्न कहिल्यै हिचकिचाउनु हुँदैन ।

-पुस्तकालयमा गएर पढ्ने बानीको विकास गर्नु पनि आवश्यक छ । कोठामा पढेका विषयलाई थप सहयोग पुग्ने खालका सामग्री पुस्तकालयमा राखिएका हुन्छन् ।

-परीक्षामा सफल हुने दृष्टिकोणबाट पढेर मात्र हुँदैन । आफ्नो विषयको आवश्यकता र उद्देश्यलाई पनि बुझ्नुपर्छ ।

-अनुशासन सफलताको मूल मन्त्र हो । अनुशासन नभएको विद्यार्थी परीक्षामा सफल हुन सक्ला । तर, व्यावहारिक जीवनमा कहिल्यै सफल हुन सक्दैन ।  

 

Leave A Comment