मृगले पिज्जा पु¥याउने

आइतबार, ०३ पुष २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
मृगले पिज्जा पु¥याउने

निकट भविष्यमा बाह्रसिंगे मृगलाई पिज्जा डेलिभरी गर्न योग्य बनाउने उद्देश्यले जापानमा तालिम दिने काम भइरहेको छ । जापानको एउटा पिज्जा कम्पनीले आफूले दिने सेवासुविधा अन्यको भन्दा पृथक् होस् भनेर बाह्रसिंगेलाई तालिम दिएको हो ।
यस्तो अनौठो काम गर्ने जापानी कम्पनी हो, डोमिनोज । ‘बाह्रसिंगेले जाडोमा पनि चाँडै भनेको ठाउँमा पिज्जा पु¥याउन सक्छ भनेर यस्तो तालिम दिइएको हो,’ डोमिनोजले भनेको छ । बाह्रसिंगेलाई पिज्जा डेलिभरीको ट्रेनिङ दिइरहेको भिडियोसमेत कम्पनीले सार्वजनिक गरेको छ । यसअघि सोही कम्पनीले ड्रोनमार्फत पिज्जा डेलिभरी गर्ने काम गरिसकेको छ ।

Leave A Comment