दुश्मनीको सम्झनामा रस्साकसी

बुधबार, ०८ असार २०७३, १२ : ५२ शुक्रवार , Kathmandu
दुश्मनीको सम्झनामा रस्साकसी

यो तस्बिर एस्तोनियाको सारेमा द्वीपको हो । गएको शनिवार यहाँको सोएला पोर्टमा सयौँ मान्छेले डोरी तान्ने खेलमा भाग लिए । डोरीको लम्बाइ १० किलोमिटर थियो । यो रस्साकसी दुई दुश्मन टापू सारेमा र हुइमाका बीचमा हरेक वर्ष हुन्छ । यसमा बाल्टिक सागरका दुवैतिरका सयौँ मान्छे सरिक हुन्छन् । खेलमा जित्नेले कुनै ठूलो पुरस्कार हासिल गर्दैन । तर, खेलाडीहरू आफूलाई कुनै योद्धाभन्दा कम महसुस गर्दैनन् ।

खासमा, सारेमा र हुइमा एउटै देश एस्तोनियाका हिस्सा हुन् । तर, आजभन्दा दुई सय वर्षअघि यी दुई टापू दुश्मन थिए । उनीहरूले थुप्रै लडाइँ लडे । आजसम्म मान्छेहरूले ती लडाइँ भुलेका छैनन् । तर, आज उनीहरूबीच दुश्मनी र कटुता छैन । उनीहरू एउटै देशका नागरिक हुन् । यस खेलले अहिले मित्रताको शक्ति महसुस गराउने उनीहरू बताउँछन् ।

Leave A Comment