शीर्षासन गरेर किर्तिमान

आइतबार, ०३ पुष २०७३, ११ : १७ शुक्रवार , Kathmandu
शीर्षासन गरेर किर्तिमान

योगको प्रख्यात आसन, शीर्षासन गरेर भारतीय राज्य तमिलनाडुका मानिसले कीर्तिमान कायम गरेका छन् । नोभेम्बरको अन्त्यताका योगा वल्र्ड फेस्टिभलको अवसरमा तमिलनाडुको राजधानी चेन्नईमा एकै पटक ६ सय ४८ मानिसले शीर्षासन गरेर विश्वकीर्तिमान कायम गरेका हुन् । यसअघि कतै पनि यति धेरै मानिसले टाउकोले टेकेर गरिने यो आसन गरेका थिएनन् ।
गिनिज बुकले समेत यसलाई विश्व कीर्तिमानको संज्ञा दिएको छ । युवा योग मानथिरम संस्थान नामक संस्थाको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा एक्रो योगा, कुंगफू, ताइची र लाफ्टर योगाका विशेषज्ञसमेत सहभागी भएका थिए  ।  
‘कार्यक्रममा उपस्थितिका लागि तीन हजार विद्यार्थीले निवेदन दिएका थिए । तीमध्ये ६ सय ४८ जनाले मात्रै शीर्षासन गरेका थिए,’ द हिन्दूमा प्रकाशित समाचारमा भनिएको छ ।

 

Leave A Comment