१ सय २० वर्र्षीयको दाबी

सोमबार, ०४ पुष २०७३, ०९ : ५६ शुक्रवार , Kathmandu
१ सय २० वर्र्षीयको दाबी

भारतका एक व्यक्ति १ सय २० वर्षका भए । आफूलाई संसारको सबैभन्दा बढी बाँच्ने मानिसको संज्ञा दिन उनले गिनिज बुकलाई औपचारिक रूपमै पत्र लेखेका छन् ।
ती व्यक्ति हुन्, स्वामी शिवानन्द । कतिपय सञ्चारमाध्यमले उनी अहिलेसम्मकै सबैभन्दा वयस्क कुमारसमेत रहेको जनाएका छन् ।
जापानका एक व्यक्तिको १ सय १६ वर्षको उमेरमा सन् २०१४ मा मृत्यु भएको थियो । उनलाई नै अहिलेसम्मकै सबैभन्दा बढी बाँचेका मानिस मान्दै आइएकोमा शिवानन्दले यसलाई चुनोती दिँदै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
‘योग, मसलाविहीन खाना र यौनप्रतिको अलगाव, मेरो दीर्घजीवनका रहस्य यिनै हुन्,’ उनले भने ।
उनी कहिल्यै औषधि सेवन गर्दैनन् । उनको रगत, हड्डी, मुटु, फोक्सो, नसा आदि सबै ठीक रहेको रिपोर्ट अस्पतालले दिएको छ । ‘हरेक दिन म घण्टौँ योग गर्छु र सात्विक आहार लिन्छु । राति जुटबाट बनेको गुन्द्रीमा सुत्छु । मैले सधँै वीर्यसञ्चय गरेँ । यस्तो अनुशासित जीवनले मलाई सायद यो उमेरसम्म स्वस्थ राखेको हो,’ शिवानन्दले भने । 

Leave A Comment