गुड्ने कछुवा

बुधबार, ०६ पुष २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
गुड्ने कछुवा

कछुवाको दौड गराउने हो भने बेलायतको यो कछुवाले बाँकी सबैलाई उछिन्ने पक्का छ । किनकि, यो हिँड्ने अथवा घिस्रिने गर्दैन, गुड्ने गर्छ ।
केही वर्षअघि कुकुरले टोकेर यो कछुवाको खुट्टा काम नलाग्ने बनाइदिएको थियो । कछुवामालिक कारा पेन्टनले पशु डाक्टरकोमा लिएर गइन् । डाक्टरले खुट्टा काट्ने सुझाव दिएपछि उनी दुःखी भइन् ।
‘त्यत्तिकैमा डाक्टरले खुट्टाको ठाउँमा चक्का हाल्न मिल्ने बताउनुभयो । मलाई त्राण मिल्यो । त्यही खुट्टाको भरमा मेरो कछुवा अझै हिँडडुल गर्न सक्षम छ,’ काराले भनिन् ।

Leave A Comment